Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

रक्षाको म्युजिकल प्रोमो र अडियो सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2013/01/04

सेक्सको बिषयमा बिन्दास फिल्म निर्देशन गरेका राजु गिरीले पुन: सेक्सकै बिषयमा अर्को फिल्म निर्देशन गरेका छन् । राजनिती र सेक्सको फ्युजन गरेर तयार पारिएको कथामा उनले 'रक्षा' फिल्म निर्देशन गरेका हुन् ।



समाज वरपर घटिरहेको घटनालाई प्रस्तुत गरिएको भनिएको फिल्म रक्षाको म्युजिकल प्रोमो र दुई वटा अडियो गीत सार्वजनिक गरिएको छ । फिल्ममा राजेश हमाल, पवन बस्नेत, सारिका घिमिरे, शुसान्त कार्की, अशोक फुयाल तथा पूजना प्रधानको मुख्य अभिनय रहेको छ । पवन बस्नेतले निर्माण गर्ने यो फिल्ममा अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा शिव विकको करियोग्राफी रहेको छ ।

 

नायिका पूजनाको बेड सिन र पोस्टरले नै गरम भईसकेको यो फिल्म चैत्र ९ गते रिलिज हुने निर्देशक गिरीले जानकारी गराए ।
 

अडियोका लागि यहाँ क्लिक गर्नुहोला http://www.filmykhabar.com/Rakshya/Audio