Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निखिलको अन्तिम फिल्म शुक्रबार लाग्दै

फिल्मीखबर, काठमाण्डौ, 2013/01/01

कुनै बेलाका नेपाली फिल्मका चर्चित अभिनेता निखिल उप्रेती अहिले मुम्बईमा नै संघर्ष गर्दैछन् जसले गर्दा उनी नेपालबाट लगभग गुमनामको अवस्थामा छन् । उनले अभिनय गरेका फिल्म पनि रिलिज भएर सकिन लागेका छन् ।


फिल्मीखबरलाई दिईएको जानकारी अनुसार यहि शुक्रबार क्यू सिस्टमबाट रिलिज हुन लागेको फिल्म 'आफ्नै मनलाई सोधी हेर' निखिलले अभिनय गरेको अन्तिम फिल्म हो । सुटिङ धेरै समय अगाडी भए पनि क्यू सिस्टमबाट यो फिल्मले बल्ल पालो पाएको हो । सुनगाभासँगै रिलिज हुन लागेको यो फिल्म मोफसलमा भने पौष २७ गते लाग्ने बताईएको छ ।

 

आरती इन्टरनेशनल फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको प्रेम कथानक यो फिल्मलाई रमेश पोखरेलले निर्देशन गरेका हुन् । निखिल उप्रेती, सुरज आरडी, राज तिमल्सिना, शोभिता सिंखडा, जिया केसी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको यो फिल्ममा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायाँकन, शिब बिकको नृत्य र द्धन्द्ध शंकर मर्हजनको रहेको छ ।