Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरा स्ट्रिट फेस्टिवलमा हिन्दी गीतको बर्चश्व !

अनुप भट्टराई, पोखरा, 2012/12/31

२८ डिसेम्बर (पौष १३) देखि भोली सम्मका लागि आयोजना गरिएको पोखरा स्ट्रिट फेस्टिवलमा हिन्दी गीतहरुको बर्चश्व देखिएको छ । हरेक क्षेत्रमा भारतीय प्रभाव परिरहेको अवस्थामा पोखरा नगरीमा आयोजना गरिएको यो फेस्टिवलमा पनि हिन्दी गीतहरुलाई प्राथामिकता दिईएको पाईएको छ ।

 

पोखरामामा ३ सय बढी होटलहरु छन् जसका अगाडी हरेक एक–एक स्टल राखिएको छ जहाँ हिन्दी गीतहरुलाई बढ्ता प्राथामिकता दिईएको देखिएको छ । फुड फेस्टिवलको रुपमा आयोजना गरिएको यो फेस्टिवलमा गायक नविन के. भट्टराई, रविन तामाङ पनि पोखरामा देखिएका छन् जसले हिन्दी गीतको सामना गर्दै आफूलाई नेपाली सेलिब्रेटीको पहिचान दिईराख्नु परेको छ ।


स्थानिय नेपाली फिल्मप्रेमी युवा कमल पहाडी भन्छन्- गत बर्ष लुट फिल्मको उध्रेको चोली धेरै नै बजेको थियो तर यो पटक नेपाली गीतको कमि भयो कि भनेर म आफै पनि छक्क परिरहेको छु ।' उनी मात्र हैन हाल पोखरा नाईटेङगल होटलमा सेफको रुपमा कार्यरत बाबुराम बख्रेल पनि विगतको बर्ष भन्दा यो बर्ष हिन्दी गीतहरु बढी बजेको देख्दा अचम्मित छन् । उनी भन्छन्- 'नेपाली गीतमा नाच्ने चाहना भएर पनि हिन्दी गीतमा रमाईलो गरिरहनु परेको छ ।' नाईटेङगलकै प्रोप्राईटर पिताम्बर गौतमले नेपालको प्रमुख पर्यटन नगरीमा हुने यस्ता महोत्सवहरुमा स्वेदशी संस्कृतिलाई  मिचेर हिन्दी गीतहरुको बर्चश्व भईदिनुले फेस्टिवलको रौनकमा संस्कृतिको हस्तक्षेप भएको महसुस गरेका छन् ।


रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवन)को आयोजनामा विगत १४ बर्षदेखि आयोजना हुदै आएको महोत्सवको महत्वपूर्ण दिन न्यू ईयर ईभले पोखरामा दशैको रौनक देखाएको छ । तर नेपाली संगीत प्रेमीहरुका लागि भने पर्याप्त नेपाली गीतहरु नघिन्कदा चाहि यो महोत्सवको स्वादमा केही खल्लोपनको आभाष भएको छ ।


नोट : अर्न्तराष्ट्रिय नयाँ बर्षको यो सन्दर्भमा विदेशी गीतहरु बजाईनु स्वभाविक हो तर नेपाली गीतसंगीतलाई नै छायाँमा पारेर अन्य देशका गीतहरुलाई प्राथामिकता दिनु आपत्तीजनक सरह हुन गएको देखिन्छ ।