मायाज बार हिरो गजित बिष्टले आईतवार साँझ आफ्नो बर्थ डे मनाए । गड फादर अर्थात आफूलाई फिल्म क्षेत्रमा ल्याएका निर्देशक दिनेश डिसी सहित हाल छायाँकनमा रहेको फिल्म 'तोरी लाहुरे' को युनिट र केही साथीभाईको माझमा उनले बर्थ डे सेलिब्रेसन गरेका हुन् ।
कक्षा ६ मा पढ्दै गर्दा शिक्षकले भविश्यमा के बन्ने भनेर प्रश्न गर्दा हिरो बन्ने भन्ने उत्तर दिएको सम्झदै गजितले अब केहि फिल्ममा काम गरे पश्चात मात्र आफ्नो उमेर खुलाउने बताए । सिराहाको धनगढीमा पिता गणेश बहादुर बिष्ट तथा माता ज्ञानु देबी बिष्टको कोखबाट पहिलो सन्तानको रूपमा यो धर्तीमा पाईला टेकेका गजितले हालसम्म मायाज बार, लभ फरइभर, गल्ली, सुपारीमा अभिनय गरिसकेका छन् भने तोरी लाहुरेको छायाँकन भईरहेको छ ।

आफ्नै भाई गम्भिर बिष्टको करियोग्राफीमा श्रेया सोताङको गीत सुस्तरी सुस्तरी बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेर पहिलो पटक स्क्रिनमा देखिएका गजित दिनेश डिसीकै कार्यक्रम खोजी प्रतिभाको कार्यक्रमबाट अभिनयमा छनिएका कलाकार हुन् । यहि कार्यक्रमले नै गजितको अभिनयको ढोका खोलिदिएको हो । गजितले फिल्म गर्नु पूर्व संगीता श्रेष्ठले निर्देशन गरेको सर्ट फिल्म कथा प्रेमकामा अभिनय गरिसकेका थिए ।
मायाज बारले हिरो बन्ने सपना पूरा गरिदिएको बताउने गजित अब दर्शकका फिल्ममा अभिनय बताउँछन् । उनी भन्छन्, 'मैले अभिनय गरेका फिल्मबाट दर्शकलाई निराश बनाउन नदिने कोसिस गर्नेछु ।' कुशल डान्सर समेत रहेका नेपाली फिल्म उधोगका आश लाग्दो कलाकार गजितलाई फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना सहित फिल्मी करियरमा सफलताको लागि पनि शुभकामना !

