Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

प्रियंकाले गरिन् नयाँ टेस्टको ग्यारेन्टी

फिल्मीखबर, काठमाण्डौ, 2012/12/30

फिल्म उधोगको कथालाई बुनेर निर्माण गरिएको फिल्म 'कलिउड' ले दर्शकलाई नयाँ टेस्ट दिने ग्यारेन्टी नायिका प्रियंका कार्कीले गरेकी छिन् । आईतवार राजधानीमा आयोजना गरिएको फिल्मको अडियो लञ्च तथा पत्रकार भेटघाट कार्यक्रममा प्रियंकाले भनिन्, 'यो  फिल्मले नयाँ टेस्ट र मनोरञ्जन दिने ग्यारेन्टी मैले लिन्छु ।'

 

यस्तै नायिका कार्कीले फिल्ममा आफूले खुलेर काम गर्न पाएकोले पनि राम्रो फिल्म बनेको बताईन् । उनले भनिन्, 'मलाई खुलेर काम गर्ने मौका निर्माण पक्षले दिएको छ त्यसैले पनि मेरो तर्फबाट काम शत प्रतिशत राम्रो बनेको छ ।' यता फिल्मका नायक आर्यन सिग्देलले अहिलेका दर्शकले खोजेको फिल्म कलिउड भएको बताए । यस्तै उनले फिल्म समिक्षकको लागि नभई दर्शकको लागि बनाएको बताए । फिल्म क्षेत्र भित्रको कथालाई उतारिकोले दर्शकले रूचाउने उनको विश्वास छ ।

 

 

फिल्मका संगीतकार प्रदीप बाँस्तोलाले पनि आफूले सक्दो मेहनत गरेर संगीत तयार पारेको बताए । फिल्ममा समावेश गरिएका तीन वटा गीतमा करियोग्राफी गरेकी रेनाशा राईले पनि निकै मेहनत गरेको बताईन् । उनले त यो फिल्मको करियोग्राफीले आफ्नो करियरमा निकै महत्व राख्ने समेत बताईन् । निर्माता टंक कार्कीले नयाँ भएकाले फिल्म निर्माणमा निकै दु:ख पाएको बताउँदै आफ्नो पहिलो प्रयासलाई सबैले सकारात्मक रूपमा लिएर सहयोग गरिदिन आग्रह गरे ।

 

 

अडियो विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथी अशोक शर्माले कलिउडलाई आश लाग्दो फिल्मको रूपमा हेरेको बताए । राम्रो फिल्म सधैं चल्ने बताउँदै कलिउडले पनि सफलाता पाओस् भन्दै शुभकामना समेत दिए । यो फिल्म माघ ५ गते देशभर एकसाथ प्रदर्शनमा आउँदै छ ।