Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मल्टिप्लेक्समा धन्दाको आश

फिल्मीखबर, काठमाण्डौ, 2012/12/30

सिङ्गल स्क्रिनबाट उत्साहजनक प्रतिक्रिया पाउन नसकेको फिल्म धन्दाले मल्टिप्लेक्स हलमा भने रामो प्रतिक्रिया पाएको निर्माण युनिटको भनाई छ । निर्माता बाबुराम दाहालका अनुसार धन्दालाई राजधानीका बिग मुभिज, क्यूएफएक्स र एफक्यूबका दर्शकले रूचाएका छन् ।

 

शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको धन्दाले ओपनिङ कलेक्सन राम्रो गर्न सकेन । 'माउथ पब्लिसिटी राम्रो भएकाले मल्टिप्लेक्समा दर्शक आउने क्रम बढेको छ', निर्माता दाहालले भने, 'दर्शकको संख्या बढ्दै गएकाले क्यूएफएक्सले दुई शो थपिदिएको छ । उनका अनुसार बिग मुभिजमा ४ शो राखिएको छ भने कुमारी हलमा २ शो र सुन्धाराको क्यूएफएक्स सेन्ट्रलमा एक शो तथा चावहिलको केएल टावरमा अवस्थित एफक्यूबमा २ शो राखिएको छ ।

 

फिल्ममा मुख्य पात्र अर्पण थापाको कथामा सुदर्शन थापाले निर्देशन गरेको धन्दाले बैदेशिक रोजगारीको कालो धन्दालाई मुख्य बिषय बनाएको छ । फिल्ममा अर्पणको साथमा समुना केसी, पुस्कर गुरूङ, कमलमणी नेपाल र स्पेशल एपिरेन्समा सञ्चारकर्मी दिलभुषण पाठकलाई पनि देख्न सकिन्छ ।