नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष तथा निर्माता नवल खड्काले भिमदत्त फिल्मका लागि हिमग्याप टासिलाई निर्देशकका रुपमा लिएको फिल्मीखबरलाई बताएका छन् ।
निर्देशक समाजले केहि महिना अगाडि घलेगाउँमा गरेको सर्ट मुभिमा हिमग्याप प्रथम भएका थिए । निर्माता नवल खड्काको अनुसार टासि अमेरीकामा फिल्म डाइरेक्सन सम्वन्धि अध्ययन गरेर आएका हुन् । निर्माता नवल खड्काको प्रस्तुतिमा गोल्डेन आई फिल्मस् प्रालिको व्यानरमा भिमदत्त चौथो फिल्म हो । फिल्मका लागि कलाकारहरुको छनौट भईरहेको नवलले बताए ।
भिमदत्त फिल्म आफ्नो अहिलेसम्म आएका फिल्महरु भन्दा महत्वाकांक्षी रहेको अभिनेता समेत रहेका नवलको भनाई छ । फिल्म किसान आन्दोलनका अगुवा शहिद भिमदत्त पन्तको जिवनीमा आधारित रहेको नवलले बताए । दशगजा फिल्म पछि कलाकार संघको चुनावका कारण केहि प्रावाधिक कारणले भिमदत्त निर्माण गर्न ग्याप भएको बताउँदै नवलले अब निर्माण शुरू गरिहाल्ने बताए । नवल नेपाली फिल्म क्षेत्रमा फरक कथाबस्तुमा फिल्म निर्माण गर्ने निर्माताको रूपमा चिनिन्छन् ।

