Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

प्रियंकाको आईटमबाट प्रभावित पुर्व मिस नेपालको फिल्म खेल्ने चाहना

फिल्मीखबर, काठमाण्डौ, 2012/12/29

मिस नेपाल २०११ मलिना जोशी एकाएक ओझेल परिरहेको समयमा नेपाली फिल्म 'कलिउड' को टाईटल गीतमा अभिनय गर्ने अवसर पाएपछि उनको फिल्मी क्षेत्रमा चर्चा बढेको छ ।


फिल्म कलिउडमा नायिका प्रियंका कार्कीको अभिनयको प्रशंशा गर्दै अबको समयमा राम्रो स्कृप्ट भएको खण्डमा र अफर आए फिल्ममा अभिनय गर्ने बताईन् । फिल्मीखबरसंगको कुराकानीमा जोशीले अवसर पाए अभिनय क्षेत्रलाई अंगाल्न सक्ने बताईन् । उनले भनिन्- 'राम्रो कथाबस्तुमा काम गर्ने मौका पाएँ भने पक्कै फिल्ममा अभिनय गर्नेछु ।'

 

कलिउडको टाईटल गीतमा आकर्षक रूपमा प्रस्तुत भएकी जोशीले सोही फिल्मको काली काली बोलको गीतमा प्रियंकाको आईटम डान्सबाट आफू निकै प्रभावित भएको बताईन् । उनले प्रियंकाको डान्सको मुक्तकण्ठले प्रशंशा गरिन् । यसअघि पूर्व मिस नेपाल माल्भिका सुब्बाले फिल्ममा अभिनय गरिसकेकी छिन् । मिस नेपालहरूको नेपाली फिल्म प्रतिको मोह भने न्यून देखिएको छ ।

 

Nasha Ho Yo Kollywood Ko....

 

Kali Kali....