'जव म आफूलाई स्क्रिनमा देख्छु तव निकै छटपटी हुन्छ त्यसैले यो प्रतिज्ञा जस्तै हो सम्भवत म आफ्नो फिल्म चाहि हेर्ने छैन', प्रिमियर शो पश्चात धन्दा हिरो अर्पण थापाले फिल्मीखबरसंग आफ्नो रहस्य खोले ।

अर्पणले डेब्यू फिल्म 'ब्याच नम्बर १६' देखि लिएर बेलायती निर्देशक मुर्रे केरको फिल्म 'सिकसिटी' मा देखाएको आफ्नो गजबको अभिनय समेत हेर्न हल छिरेनन् । यो त कहि नभएको जात्रा खै कहाँ भने जस्तो भयो नि भन्ने फिल्मीखबरको अर्को प्रश्नमा अर्पण तर्क गर्छन्- 'यसलाई जसरी लिनुस् तपाईं, म आफ्नो फिल्म चाहिं हेर्न सक्दिन त्यसैले भित्र फिल्म देखाईरहँदा म बाहिर थिएँ ।'

रिलिज भएको तेस्रो फिल्म धन्दाबाट समेत तारिफ पाएका अर्पण अहिले विकाउ आर्टिष्टको रुपमा चिनिएका छन् । उनी छड्के र बधशाला फिल्मका पनि एक्टर हुन् । उनी भन्छन्- 'ती फिल्म पनि हेर्ने छैन ।'

