झण्डै एक बर्षको अन्तरालमा आयोजना गरिएको प्रिमियरको रौनकले फिल्मकर्मीलाई जति उत्साहित बनायो त्यति नै स्पिचलेस (स्तब्ध) बनायो फिल्म धन्दाले । भोली देखि देशब्यापी रिलिज हुने तयारीमा धन्दाको आज साँझ चाबहिल स्थित नयाँ हल एफक्यूवमा प्रिमियर शो आयोजना गरिएको थियो । जुन फिल्म हेरेर निस्कने क्रममा उपस्थित २ सय फिल्मकर्मी एवं मिडियाकर्मीले फिल्मले आफूलाई स्तब्ध बनाएको प्रारम्भिक प्रतिक्रिया दिए ।
फ्राईडे फिल्मसको ब्यानरमा सुर्दशन थापा निर्देशित यो फिल्मलाई सुर्दशनको फिल्मी करिअरको सर्वोत्कृष्ट फिल्म पनि भन्न भ्याएका छन् केही फिल्मकर्मीले । 'मैले अहिले सम्म जति हेरे एकदम राम्रो लाग्यो', ब्यस्तताको बाबजुत ईन्टरभल सम्म फिल्म हेरेर निस्कएपछि महानायक राजेश हमालले प्रतिक्रिया दिदै भने । यस्तै बरिष्ठ निर्देशक एवं अभिनेता नीर शाहले पनि फिल्मलाई तारिफ गर्न भ्याएका छन् । उनले निर्देशक थापा सहित फिल्मका प्रोटोगोनिष्ट अर्पण थापाको कामलाई मुक्तकण्ठले तारिफ गरे । तर फिल्ममा भ्वाईलेन्स (हिंसात्मक) दृश्य अलि बढी भएको उनको तर्क छ ।
यसैगरी मिडियाको प्रतिनिधित्व गर्दै फिल्म र्जनलिष्ट प्रदीप निरौला भन्छन्, 'बिषयबस्तु पुरानै भए पनि प्रस्तुतीमा फरक छ । सुदर्शनले आफ्नो काममा निखारता ल्याएका छन् भने अर्पणको अभिनयका अगाडी अन्य कालकारहरु ओझेलमा परेका छन् ।' अर्को विर्सन नहुने पाटो व्याकग्राउण्ड म्युजिक रहेको प्रदीप बताउँछन् । व्याकग्राउण्ड म्युजिक दिएका सुजिल कर्मचार्यले फिल्मको जुन ठाँउमा सम्बाद छैन सोही ठाँउमा संगीतले फिल्मलाई उपयुक्त आवाज दिएको प्रदीपले बताए ।

निर्देशक थापासंगको जोईन्ट प्रोडक्सनमा यो फिल्मलाई बाबुराम दाहालले निर्माण गरेका हुन् । उनले प्रिमियर शो अघिको औपचारिक कार्यक्रममा आफ्नो फिल्म समिक्षकहरुका लागि देखाउन योग्य रहेको तर्क गर्दै प्रिमियरको आँट गरेको बताए । फिल्ममा अर्पण सहित समुना केसी, पुस्कर गुरूङ, कमलमणी नेपाल र स्पेशल एपिरेन्समा सञ्चारकर्मी दिलभुषण पाठकलाई पनि देख्न सकिन्छ ।
प्रिमियर समारोहका तस्विरहरूका लागि यहाँ क्लिक गर्नुहोस् : Dhanda Premiere

