Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दुई विग प्रोजेक्ट लिएर आउदै आकाश अधिकारी

फिल्मीखबर, काठमाण्डौ, 2012/12/27

फिल्म काठमाण्डूको रिलिज पछि फुर्सदिला बनेका निर्देशक तथा अभिनेता आकाश अधिकारी विभिन्न भोज भेटघाट कार्यक्रम मै व्यस्त छन् । केहि दिन अगाडि कलाकार संघको बनभोज कार्यक्रममा भेटिएका अधिकारी आज विहिवार भने पारिवारिक पुजाआजा र आफ्नो भतिजाको न्वारान गर्न पुगे ।


फिल्मीखबरसंगको कुराकानीमा अभिनेता अधिकारीले दुई वटा प्रोजेक्ट लिएर माघ र चैतको अन्त तिर आउने बताए । सो प्रोजेक्टको बारेमा कुराकानी गर्न खोज्दा उनले फिल्मको नाम जुरी नसकेको बताए । तर उनले सो प्रोजेक्ट अहिले सम्मको आफ्नो फिल्महरु भन्दा घटिको नहुने बताए । काठमाण्डू फिल्ममा लगानी अलि बढि नै गरेका कारण रिकभर गर्न अलि हम्मे हम्मे परेको बताउँदै अब बनाउने फिल्मको लगानी धेरै नहुने उनको तर्क छ ।

 

थुप्रै निर्माताहरूले फिल्म निर्देशनका लागि आग्रह गरेको बताउँदै अधिकारीले अहिले आफ्नै प्रोजेक्टमा व्यस्त रहने बताए । उनले भने, 'थुप्रै स्क्रिप्टहरू आएका छन् तर म आफ्नै प्रोजेक्टको तयारीमा रहेकाले अरूको गरिहाल्ने मनस्थिती बनाएको छैन ।'