पहिलो बिवाह क्र्यास पश्चात अमेरिकामा आफ्नो एकल जीवन विताईरहेकी अभिनेत्री सारंगा श्रेष्ठको पुनः बिवाह हुने भएको छ । आउँदो फ्रेब्रुअरी महिनाको पहिलो साता कोर्ट म्यारिज (कानुनी बिवाह) गर्ने तयारीका साथ उनले स्थानिय समय अनुसार मंगलबार साँझ ईन्जगेजमेन्ट गरिन् ।
सारंगाले आफू भन्दा दुई बर्ष कान्छो म्याग्दीका ३४ बर्षे स्थायी बासिन्दा रमेश कार्कीसंग आफ्नै निवास म्यारिल्याण्ड लरेलमा साथी भाईमाझ औंठी साटेकी हुन् । रमेशको परिवारका केही सदस्यको बसाई काठमाण्डूको बसुन्धारामा पनि छ । अमेरिकी ग्रिन कार्ड होल्डर रमेश पनि म्यारिल्याण्ड बाल्टिमोरमा बस्दै आएका छन् । उनी रेष्टुराँका रिटेलर हुन् ।
'यो अफएयर चाहि हैन दुई महिना अघि मेरो आफन्त माझ प्रस्ताव आएकाले मैले बिहे गर्ने निर्णय गरेकी हुँ', फिल्मीखबरसंगको फोन सम्पर्कमा सारंगाले भनिन्- 'उहाँ अत्यन्त सोझो हुनुहुन्छ जसमा कुनै बनावटी देखिदैन सायद त्यही भएर म बिहेको लागि राजी भएकी हुँ ।' कोर्ट म्यारिज गरिएको ६ महिना पश्चात औपचारिक बिहे गरिने पनि उनले बताएकी छिन् ।
सारंगाले भनिन्- '६ महिना सम्म हामी लिभिङ टुगेदर भएर बस्ने छौं त्यसपश्चात आफ्नो परम्परा अनुसार विवाहमा बाधिने छौं ।' सम्भवत सवै कुराले साथ दिएको खण्डमा उनी नेपाल आएरै पञ्जे बाजाको साथ बेहुली हुने तयारीमा छिन् । उनी सन् २००८ मा नेपालबाट अमेरिका उडे यता फर्किएकी छैनन् ।


