Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.17/5.00)
Text size:-
+
-

अर्पण थापासँग धन्दा गफ

फिल्मीखबर, काठमाण्डौ, 2012/12/26

हलिउड, बलिउडमा कलाकारहरु आफ्नो क्यारेक्टर अनुसारको गृहकार्यमा लाग्दा उनिहरुको चर्चा फिल्मको बराबर हुने  गर्छ । यो प्रचलन नेपाली फिल्ममा पनि विस्तारै विकसित हुँदै गएको छ । यहि क्रममा शुक्रबारबाट देशभर एकसाथ प्रर्दशनमा आउन लागेको फिल्म 'धन्दा' का मुख्य कलाकार अर्पण थापाले क्यारेक्टर अनुसारको गृहकार्य गरेको चर्चा छ ।

 

फिल्म धन्दाका लागि अर्पणले सुटिङमा जानु भन्दा अगाडी करिव ६ महिनाको अवधिमा आफ्नो तौल साढे १२ केजी घटाएको फिल्मीखबरलाई बताए । फिल्मको सुरुवातमा आफ्नो तौल घटाउन परे पनि सुटिङको अन्त्य तिर तौल बढाउनु पर्ने भएकाले आफुलाई शारिरीक रुपमा निकै समस्या परेको अर्पणले बताए । तौलको अन्त्य तिर छोटो समयमै अर्पणले आफ्नो तौल साढे ११ केजी बढाएको बताए ।


आफ्नो शरिरको तौल घटाउँदा साधारण किसिमको समस्या परे पनि छोटो समयमै तौल बढाउनु पर्दा चाहि बढि नै समस्या परेको अर्पणले बताए । खान मन लागेको खाने कुरा तौल घटाउँदा खान पाईदैन थियो भने तौल बढाउँदा मन नपरेको खानेकुरा पनि कोचि–कोचि खान पर्दा धेरै चोटि पखालाले सताएको उनले सम्झिए । तौल घटाउँदाको समयमा विहान ब्रेकफास्ट नखाई सिधै डिनर त्यो पनि थोरै मात्रामा गर्ने गरेको अर्पणको भनाई थियो ।


फिल्मको सुटिङ अन्त्य हुने समयमा तौल बढि चाहिने भएकाले तौल बढाउनका लागि केरा, दुधहरु बढि मात्रमा खाने गरेको बताए । 'विहान उठ्ने वित्तिकै ब्रेकफास्टमा मोटोपन आउने किसिमका खानेकुराहरु धेरै खान्थें, अर्पणले भने, 'दुई चार चोटि त बढि खानेकुरा खाएकाले अपच भएर पखालाले च्यापेको थियो ।'


उता अर्पण थापाले धन्दाकै लागि नेचुरल अनुहारमै केमिकल प्रयोग गरेर सुटिङ गरे । नेचुरल अनुहारमा केमिकल प्रयोग गरेर मेकअप गरेका कारण एलर्जि पनि आएको थापाले बताए । उनका अनुसार मेकअप गर्न चार घण्टको समय लाग्ने गरेको थियो । थापाले भने–‘मेकअप गरिसकेपछि केहि खानेकुराहरु खान मिल्दैन थियो, सकेसम्म त थुक पनि निल्न हुँदैन थियो ।'


अर्पणले नेपाली फिल्मी क्षेत्रमा क्यारेक्टर अनुसार कलाकारहरु डेडिकेट हुन नसकेको बताए । यहि कारण नेपाली फिल्म क्षेत्र तल खस्किरहेको उनको भनाई थियो । क्यारेक्टर अनुसार कलाकारहरु फिट नहुने हो भने नेपाली फिल्म क्षेत्र सधैं तलको तलै रहने थापाले प्रस्ट्याए ।