Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

तीन महिना पछि फर्किईन् करिश्मा

फिल्मीखबर, काठमाण्डौ, 2012/12/26

भदौ २९ मा अमेरिका उडेकी करिश्मा आज स्वदेश फर्किएकी छिन् । उनी आज मध्यान्न १२ बजे नेपाल ल्याण्ड भएकी हुन् ।

 

छोरी कविताको कलेज डकुमेन्ट मिलउनका लागि उनी तीन बर्षको अन्तरालमा अमेरिका पुगेकी थिईन् । 'जेटलगले असहज महसुस भईरहेको छ त्यसैले यहाँ के-के भईरहेको भोली देखि अपडेट हुनुपर्ला', करिश्माले नेपाल ल्याण्ड भएपछि फिल्मीखबरसंगको कुराकानीमा भनिन् । सम्भवत अब उनी हिरो रमेश उप्रेतीले प्रोडक्सन गर्ने फिल्मबाट डाईरेक्टर बन्ने छिन् । यध्यपी यो बिषयको औपचारिक निर्णय भईसकेको छैन ।

 

अमेरिकाबाट रमेश नेपाल आएको पनि डेढ महिना भईसकेको छ । रमेश करिश्माले निर्देशन गर्ने फिल्मको स्क्रिप्ट छनौटमा ब्यस्त छन् । अमेरिका उड्नु पर्ने बाध्यता भएपछि करिश्माले हातमा आएका धेरै प्रोजेक्टलाई रिजेक्ट गरेकी थिईन् जसकारण उनको हातमा साईन गरेका कुनै पनि फिल्म छैनन् ।