Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थापा र डिसीलाई `हरितारा चलचित्र पुरस्कार`

फिल्मीखबर, काठमाण्डौ, 2012/12/25

२०५२ सालमा निजी क्षेत्रबाट प्रथम पटक स्थापित ‘हरितारा चलचित्र पुरस्कार गुठी’ ले सुनिल थापा र दिनेश डिसीलाई 'हरितारा चलचित्र पुरस्कार– २०६८' ले सम्मान गर्ने भएको छ ।
 

गुठीका संरक्षक मनोज शमशेर जबराको अध्यक्षतामा सोमबार बसेको बैठकले विगत तीन दशकदेखि नेपाली फिल्ममा अविछिन्न रुपमा खलनायकको भूमिका निर्वाह गर्दै फिल्म उद्योगलाई पुर्‍याएको योगदान र समर्पण गरेका थापालाई र विगत अढाइ दशकदेखि नेपाली संचार एवं फिल्म क्षेत्रमा कार्यक्रम प्रस्तोता, अभिनेता एवं निर्देशकको रुपमा आफ्नो कला प्रस्तुत गर्दै पुर्‍याएको योगदानका लागि डिसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
 

गुठीका सदस्य सचिव मोहन निरौलाले दिएको जानकारी अनुसार पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको छ । गुठीले यसअघि महजोडी, शान्ति मास्के, शिव श्रेष्ठ, रविन्द्र खड्का, जयनन्द चन्द ठकुरी, वसुन्धरा भुसाल, सकुन्तला शर्मा, मिनाक्षी आनन्द, विश्व बस्नेत, श्रीकृष्ण श्रेष्ठ, दीपकराज गिरी र दीपाश्री निरौलालाई हरितारा चलचित्र पुरस्कारले सम्मान गरिसकेको छ । पुरस्कार माघ महिनाको तेस्रो हप्ता भित्र प्रदान गरिने निरौलाले बताए ।

 

 यो गुठीमा पुरस्कार प्रदानका लागि ६ लाखको अक्षयकोष जम्मा भईसकेको छ जसबाट आउने बार्षिक ब्याजले हरेक बर्ष दुई फिल्मकर्मीलाई गुठीले राशी बढाउदै पुरस्कार प्रदान गर्दै आईरहेको हो ।  यो पुरस्कार फिल्मसंग सम्बन्धीत रहेर स्थापना गरिएको निजी क्षेत्रको पहिलो पुरस्कार हो ।