Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.00/5.00)
Text size:-
+
-

धेरै बर्ष पछि सुनिल थापाको आँखाबाट आँशु झर्यो

फिल्मीखबर, काठमाण्डौ, 2012/12/25

धेरै बर्ष पछि सुनिल थापाको आँखाबाट फिल्म हेर्दा आँशु झरेको छ । डेढ दशक अघि भाउजु फिल्म हेर्दा र दुःख भन्ने फिल्म हेर्दा उनी भक्कानिएका थिए । तर, फेरी सुनिल थापा धेरै बर्ष पछि रोएका छन्  । 

 

आउदो शुक्रबार देखि देशब्यापी रिलिज हुने तयारीमा रहेको आफ्नो फिल्म 'तिमीले दिएको माया' हेरेपछि उनी रोएका हुन् । झण्डै दुई महिना अघि जय नेपाल हलमा आयोजना गरिएको च्यारिटी शोमा पुग्दा थापाले सो फिल्म हेर्ने क्रममा आँसु थाम्न नसकेका हुन् । रिलिजको सम्पूर्ण तयारी पूरा भएको सन्दर्भमा आज आयोजना गरिएको प्रेस मिटमा थापाले भने. 'कल्चरल बेसको यो फिल्ममा मुल्याहाको स्टोरी छ जुन हेर्दै जाने क्रममा मैले मन थाम्न सकिन र आफ्नो टिर्सटको कलरले आँसु पुछ्नु पर्यो ।'
 
 
श्री सुर्य विनायक फिल्मस प्रालिको ब्यानरमा सुनिता शर्मा र रेशु ढङगानाको लगानीमा निर्मित यो फिल्मलाई बिजय केरुङले निर्देशन गरेका हुन् । फिल्ममा राज तिमिल्सना, सुवास मेचे, नीता ढुङ्गगाना र नयाँ हिरोईन दीक्षा भण्डारी लिड रोलमा छन् । 
 
 
सोसल बेसको यो फिल्म सत्य घटनामा आधारित रहेको कार्यक्रममा बताईएको छ । यस्तै प्रोडक्सन कम्पनीले दिएको जानकारी अनुसार रिलिजको अघिल्लो दिन जय नेपाल हलमा पुनः यो फिल्मको च्यारिटी शो पनि आयोजना गरिदैछ जसबाट उठेको सम्पूर्ण रकम श्री संजय साई अर्गनाईजेशन नेपालद्धारा स्थापित साई बात्सयलय ग्राम पनौतीलाई दिईनेछ ।