Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

१७ दिनमा सकियो झोले

फिल्मीखबर, काठमाण्डौ, 2012/12/25

चपली हाईटबाट एकाएक चर्चामा आएका निर्देशक दीपेन्द्र के. खनाल छिटो सुटिङ सक्ने निर्देशकको सूचीमा अग्रपंक्तीमा देखिएका छन् । २२ दिनमा चपली हाईटको सुटिङ सकेका दीपेन्द्रले भिजिलान्तेको सुटिङ १४ दिनमा सके । पछिल्लो फिल्म झोलेलाई उनले १७ दिनमा प्याकअप गरेका छन् ।

 

गत मंसिर १८ गतेबाट सुटिङ शुरू भएको झोलेको एक गीतको सुटिङ छोडेर एक साता अगाडी प्याकअप गरिएको निर्देशक खनालले फिल्मीखबरलाई बताए । किन यहि छिटो सुटिङ सकिएको भन्ने प्रश्नमा दीपेन्द्रले भने, 'राम्रो टिम र होमवर्क शुरूमा नै गरियो भने धेरै दिन सुटिङ गर्नै पर्दैन । त्यसैमाथी मेरो कथा र लोकेशन नै त्यस्तै थियो ।' हाल झोले युनिट बन्दिपुरमा गीतको सुटिङ गरिरहेको छ । 'एउटा गीत बाँकी राखेका थियौं त्यो पनि आज सकेर भोली काठमाण्डौ फर्कन्छौं', दीपेन्द्रले भने ।

 

स्टारकास्ट राजेश हमाल र मनिषा कोईरालालाई लिएर बनाएको फिल्म धर्माको करिब ४० दिन लगाएर सुटिङ गरिएको सम्झदै दीपेन्द्रले भने, 'त्यो फिल्ममा लोकेशन, कथाबस्तु र स्टारहरूको गन्जागोलले धेरै दिन लागेको थियो । तर पछिल्ला फिल्मको सुटिङ चाँडो सकेको छु ।' सुटिङ चाँडो सके पनि दर्शकलाई मनपर्ने फिल्म दिने दीपेन्द्रको भनाई छ । यस्तै छिटो सुटिङ सक्दा निर्मातालाई पनि आर्थिक भार नपर्ने उनी बताउँछन् ।

 

टेकेन खड्का र मनोज भट्टले निर्माण गरेको यो फिल्मले देश नै झोले भईरहेका बेला जनता पनि हरेक तरिकाले झोले बनिरहेका छन् भन्ने कुरालाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गर्न खोजेको छ । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, शिशिर राणा र ए गुरूङ मुख्य भुमिकामा छन् । फिल्ममा शान बस्नेतको कथा रहेको छ भने छायाँकन पुरूषोत्तम प्रधानको रहेको छ ।