Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पिकनिकले थलिए अध्यक्ष

फिल्मीखबर, काठमाण्डौ, 2012/12/24

गत शनिबार गोदावारी पिकनिकमा सहभागी भएपछि नवल खड्का थलिएका छन् । कलाकार संघका अध्यक्ष उनी किन थलिए यो नै कारण छैन तर उच्च तनावका कारण उनलाई १०२ डिग्रीको ज्वरोले च्यापेको छ । 

 
नवल शनिबार साँझ घर पुगेदेखि बेडबाट उठ्न सकेका छैनन् । सोमबार बिहान फिल्मीखबरसंग कुरा गर्दै उनले भने, 'अचानक ज्वारोले च्यापिएर कतै निस्कन पाएको छैन । हेरौं, भरे सम्म पनि कम भएन भने सायद हस्पिटल नै भर्ना हुनुपर्ला । ' 
 
उनी मात्र हैन तीन दिन देखि निर्देशक श्याम भट्टराई पनि ज्वरोले थला परेका छन् । उनलाई १०४ डिग्रीको ज्वरोले च्यापेको छ । अनामनगरमा एकल जिवन बिताईरहेका भट्टराईले यो समय जिवनकालकै सर्वाधिक पिडा महसुस गरेको बताएका छन् ।