भनिन्छ नि सन्तानमा आफ्ना बाबुआमाको गुण भेटिन्छ । यस्तै देखिएको छ चर्चित द्धन्दनिर्देशक राजेन्द्र खड्गीको नाती अर्थात नायिका रागिनी खड्गीको ८ बर्षे छोरा आर्यन खड्गीमा ।
माघ महिनामा रिलिज गर्ने योजनाका साथ हाल धमाधम पोस्ट प्रोडक्सनको काम भईरहेको राजेन्द्र खड्गी निर्देशित फिल्म 'नथिङ इम्पोसिबल' मा राजेन्द्रका ८ बर्षे नातीलाई मुख्य हिरो बनाईएको छ । उनले फिल्ममा रियल स्टण्ट समेत दिएका छन् जुन प्रस्तुत सार्वजनिक प्रोमोमा पनि देख्न सकिन्छ । 'बाबु सानै देखि नै ट्यालेन्ट हो तर यो स्टण्टका लागि हामिले करिब एक महिना अभ्यास गराएका थियौं', फिल्ममा सहायक निर्देशकको कार्यभार सम्हालेकी नायिका रागिनीले भनिन् ।
२१ औं सेन्चुरीका बच्चाहरू निकै तिक्ष्ण तथा प्रतिभाशाली हुन्छन् भन्ने कुरा फिल्मले देखाउने रागिनीले बताईन् । ६० प्रतिशत कथा घर भित्रकै, त्यसमा पनि छोरा आर्यनको कथामाथी फिल्म केन्द्रित रहेको रागिनी बताउँछिन् । फिल्ममा राजेन्द्रले आफ्नी छोरी रोमीलाई नायिकाको रूपमा डेब्यू गराएका छन् भने श्रीमतीलाई पनि अभिनय गराएका छन् । यस्तै रागिनी एउटा आईटम गीतमा देखिने छिन् ।

