Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुहुर्तसँगै तोरी लाहुरेको सुटिङ शुरू

फिल्मीखबर, काठमाण्डौ, 2012/12/24

फाईट माष्टरबाट डाईरेक्टरमा र्टन भएका  एन.बी. महर्जन दोस्रो फिल्म निर्देशनमा उत्रिएका छन् । आज सोमबार बिहान एक समारोहका बीच उनले 'तोरी लाहुरे' टाईटलको शुभ साईत गरी सुटिङ सुरु गरे । 

 

रिदम एण्ड दीलिप फिल्मस प्रालिको ब्यानरमा सूर्य थोकर र दिल कुमार तामाङले निर्माण सुरु गरेको यो फिल्मका प्रमुख तोरी लाहुरेहरु सुवास थापा, गजित विष्ट र  रोहित कुमार हुन् । फाईट माष्टर थोकरले यो फिल्मबाट प्रोड्यूरको विशेषण झुण्डाएका हुन् । निर्देशक महर्जनको अनुसार फिमेल आर्टिष्टहरुलाई पनि यो फिल्मले तोरी लाहुरेको ट्याग दिनेछ  । फिल्मका महिला कलाकारहरूमा आशिष्मा नकर्मी, समुना केसी र जानुका बोहरा हुन् । यस्तै अन्य कलाकारहरूमा दिनेश डि.सी. सुशिल पोखरेल, जयनन्द लामा, बालदीप राई, अशान्त शर्मा र सविन शाक्य छन् ।


यस अघिको फिल्म बजार निर्देशनको पहिलो अनुभवलाई सुधार्दै निर्देशक महर्जनले तोरी लाहुरे पूर्ण कमर्सियल फिल्म हुने दावी गरेका छन् । फिल्ममा कोरियोग्राफीको जिम्मा गम्भीर बिष्टलाई दिएको छ भने फाईट शंकर महर्जन  र म्यूजिक  सन्तोष राज र ईजी ब्याण्डलाई । फिल्मको सुटिङ सेड्यूल ३५ दिन राखिएको छ ।