Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सामाजिक कथा बोकेर `तिमीले दिएको माया` आउँदै

अर्पण ढकाल, धरान, 2012/12/23

पौष १३ अर्थात आउँदो शुक्रबारबाट देशभरका हल मार्फत रिलिज हुन लागेको फिल्म 'तिमीले दिएको माया' को निर्माण युनिटले फिल्मको प्रचार प्रसारलाई तिब्र बनाएको छ । देश दौडाहामा रहेको फिल्मको युनिटले आज पुर्वको दमकमा एक प्रेस मिटको आयोजना गर्दै पुर्वका पत्रकार सामु फिल्म बारे जानकारी गराएको छ ।

 

प्रेस मिटमा फिल्म निर्माण गरेको ब्यानर सुर्यविनायक मुभिज प्रोडक्सनका फाउन्डर सुबोध शर्मा, नायक सुबास मेचे, निर्माण नियन्त्रक कुमार सिलवाल लगायतको उपस्थिती रहेको थियो । पछिल्लो समय अश्लिल कथाबस्तुमा फिल्म बनिरहेको अवस्थामा सम्पूर्ण रुपमा सामाजिक र पारिवारिक कथाबस्तु माथि केन्द्रित रहेर आफ्नो ब्यानरले फिल्मलाई निर्माण गरेको सुबोधले जानकारी गराए । च्यारिटी सो हेरेका दर्शकले फिल्मको सकारात्मक प्रतिक्रिया दिएको हुनाले फिल्म रिलिज पश्चात अन्य दर्शकले रुचाउने समेत उनको दाबी थियो ।

 

 

फिल्म निर्माण सँगै सामाजिक सेवालाई पनि अगाडी लग्ने आफ्नो ब्यानरको उद्देश्य भएको उनको कथन थियो । त्यस्तै आफ्नो फिल्मी करियरलाई सफलताको साथ अगाडी लग्न तिमीले दिएको माया कोशेढुंगाको रुपमा रहेको नायक सुबास मेचेले बताए । आफ्नो एक्सन धारलाई कायम राख्दै पारिवारिक कथामा आफु फिल्ममा प्रस्तुत भएको उनले जानकारी गराए ।

 

सुनिता शर्मा निर्माताको रुपमा रहेको फिल्मलाई विजय केरुङले निर्देशन गरेका हुन् । महेश खड्काको संगीत रहेको फिल्ममा सुबासका अलावा राज तिमल्सिना, निता ढुंगाना, सुनिल थापा लगायतको समेत अभिनय रहेको छ । फिल्म देशभरका करिब ४० पर्दा मार्फत रिलिजमा आउने बताईएको छ । फिल्मको भोलि नारायणघाट र पर्सि काठमाडौँमा समेत प्रेस मिट गरिने कार्यक्रम रखिएको छ ।