Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुटुक्क अष्ट्रेलिया उडे जीवन

फिल्मीखबर, काठमाण्डौ, 2012/12/23

नायक जीवन लुईटेल फुर्सदको समयलाई सदुपयोग गर्न अष्ट्रेलिया पुगेका छन् । शुक्रबार दिउँसो ३ बजेको विमानबाट उनी गुपचुप अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।

 

सिड्नीबाट फिल्मीखबरसँग कुरा गर्दै जीवनले अंग्रेजी नयाँ बर्ष र क्रिशमस मनाउन अष्ट्रेलिया पुगेको बताए । हाल फिल्मको सुटिङ नभएकाले पनि छुट्टि मनाउन अष्ट्रेलिया पुगेको उनले बताए । यस्तै यहि मौकामा उनले आफू अभिनित फिल्म मालतीको भट्टीको पनि अष्ट्रेलियामा रिलिज गर्ने बताए । तर फिल्म कहिले रिलिज गर्ने भन्ने मिती तय नभएको उनको भनाई छ ।

 

एक महिने अष्ट्रेलिया भ्रमणमा रहेका जीवनले आफू अभिनित दुई फिल्म रिदम र नोटबुकको पनि प्रचार प्रसार गर्नेछन् । उनी भन्छन्, 'यहाँ आएको मौकामा आफ्नो फिल्मको बारेमा केहि बोल्न त परिहाल्यो नि !' उनका अनुसार फाल्गुन पहिलो साता रिलिज हुने भनिएको फिल्म रिदमको प्रिमियर अष्ट्रेलियामा गर्ने योजना छ । उनले यसअघि म तिम्रो भईसकें र नाई नभन्नु ल फिल्म अष्ट्रेलियामा प्रिमियर गराएका थिए ।