Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नोटबुकको अडियो गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2012/12/23

अबको ५० बर्ष पछिको नेपालको परिकल्पना गर्दै निर्देशक योगेश घिमिरेले निर्देशन गरेको लभस्टोरी फिल्म 'नोटबुक' को अडियो गीत सार्वजनिक गरिएको छ । बसन्त सापकोटाको संगीतमा तयार पारिएको फिल्मका तीन वटै गीतलाई फिल्मीखबर मार्फत रिलिज गरिएको हो ।

 

प्रज्ञा फिल्मसको व्यानरमा प्रज्ञा जोशीले निर्माण गरेको यो फिल्मलाई निर्देशक घिमिरेको पुनर्जन्म हुने पनि भनिएको छ । विगतका फिल्म भन्दा यो फिल्ममा निकै मेहनत गरि निर्माण गरिएको भन्दै निर्देशक घिमिरेले नोटबुकको कथाबस्तुको बारेमा यस्तो भने -


कसैको भविष्यको सपना बन्न सक्छ नोटबुक
कसैको बिछोडको साथी
बन्न सक्छ नोटबुक
कसैको मिलनको उत्सव
बन्न सक्छ नोटबुक
तर मेरो सोचाईमा संसारभर छरिएर बसेका नेपालीहरूको प्रेरणा
बन्न सक्छ नोटबुक

 

जीवन लुईटेल, नीता ढुङगाना र नयाँ हिरो शेन सापकोटा मुख्य भूमिकामा रहेको नोटबुकको कथा निर्देशक घिमिरेकै हो भने पटकथा तथा संवाद शिबम अधिकारीको रहेको छ । पछिल्लो समय निकै चर्चामा रहेका संजय लामाको छायाँकन रहेको यो फिल्ममा द्धन्दनिर्देशन रोशन श्रेष्ठले गरेका छन् भने करियोग्राफी कविराज गहतराजको रहेको छ । फिल्म चैत्र ३० गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने बताईएको छ ।

 

Click here for Audio : http://www.filmykhabar.com/audio/?sort=ra&search=notebook