Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आज अनसन तोडाईने / भोली बोर्ड अध्यक्ष नियुक्त हुने

फिल्मीखबर, काठमाडौँ, 2012/12/20

गत भदौ १२ गते देखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्ष पद परिपूर्ति हुने भएको छ । 

 
सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले दिएको जानकारी अनुसार भोली शुक्रबारका लागि तय गरिएको क्याविनेट मिटिङ नसरेको खण्डमा बोर्डमा उपयूक्त ब्यक्तिको नियुक्ति हुदैछन् । 
बोर्ड अध्यक्षका लागि विभिन्न ब्यक्तिहरुको नाम यस अघि सार्वजनिक भएपनि  नाम चलेका ब्यक्ति नै  चयन हुने मन्त्रीको भनाई छ । उनले भने 'नाम चलेकै ब्यक्ति नियुक्त हुनु हुदैछ तर भोली क्याविनेट सर्यो  भने चाहि अर्को बैठक सम्म कुर्नुपर्ने हुन्छ  । '
 
 चार दिन देखि आन्दोलनरत फिल्मकर्मीको माग लिएर आज सञ्चारमन्त्रालय पुगेको राष्ट्रिय चलचित्र संरक्षण मञ्चसंगको  बर्तामा मन्त्री यादवले सर्वप्रथम बोर्डको रिक्तता पुर्ति गर्दै अन्य माग कार्यान्वयन गर्ने बिषयमा  आफू पूर्ण रुपमा सहमत र उत्सुक रहेको बताए । माग प्रति सकारात्मक रहेको औल्याउदै यादवले  आज साँझ चार बजे  अनसमा उत्रिएका तीन फिल्मकर्मी विमल पौडेल, मौसमी मल्ल र एमसएस अग्रजको अनसन तोडाउने पनि भएका छन् । 'यो आन्दोलन जरुरी नै थिएन तर जे होस हामी लिखित प्रतिबद्धता पत्रका साथ अनसन तोडाउन आउदैछौ ।'  बार्ताको क्रममा उनले भने । 
 
मञ्च र मन्त्रीबीच भएको बर्तामा तत्काल हुन सक्ने सम्पूर्ण मागहरु पुरा गर्ने प्रतिबद्धता भएका छन् । त्यस मध्ये पनि बक्स अफिस स्थापना, चलचित्र हलको बर्गिकरण कार्यान्वयन  पहिलो प्राथामिकतामा परेका छन् ।