नेपाली फिल्मको बजार नेपालमा मात्र नबहेर बिदेशमा पनि विस्तारिन थालेको छ । फिल्मको प्रिमियर, बिभिन्न शो तथा च्यारिटी र अवार्ड बिदेशमा हुनुले नेपाली फिल्मी बजारले फड्को मारेको संकेत गर्छ । यहि नेपाली फिल्मको बजार विस्तार गर्ने क्रममा कलिउड फिल्म पनि देखिएको छ ।
आगामी जनवरी ११ तारिखका दिन कतारको दोहामा रेड कार्पेटका साथ फिल्म कलिउडको ग्राण्ड प्रिमियर गरिंदै छ । जसका लागि फिल्म निर्माण युनिटले भोली बिहिबार साँझ साढे सात बजे दोहामा पत्रकार सम्मेलन गर्दैछ । उक्त पत्रकार भेटघाटसँगै फिल्मको अडियो विमोचन पनि गरिने भएको छ । उक्त प्रेसमिटका लागि निर्देशक नवराज आचार्य र निर्माता बिशाल श्रेष्ठ हिजो राति कतार पुगेका छन् ।
प्रेसमिटमा फिल्मका अर्का निर्माता नरेन्द्र सिंह ठकुरी सहित केहि बिशिष्ट व्यक्तिहरूको उपस्थिती रहने कलिउड फिल्मका नायक बिष्णु कार्कीले बताए । उनी स्वयं पनि उक्त प्रेममिटमा सहभागी हुनेछ । यस्तै फिल्मको प्रिमियरमा भने फिल्म निर्माता, निर्देशक तथा कलाकारको उपस्थिती हुने भएको छ । नायक कार्की भन्छन्, 'संभवत यो प्रिमियर अहिले सम्मकै ग्राण्ड हुनेछ ।'
जि वान क्रिएसनको ब्यानरमा टंक कार्कीको समेत लगानी रहेको यो फिल्ममा आर्यन सिक्देल, प्रियंका कार्की र पायल थापाको साथमा नायक कार्कीको मुख्य भुमिका रहेको छ । यो फिल्मको कथा नेपाली फिल्म ईन्डष्ट्रीसंग सम्बन्धीत छ ।
.jpg)

