डाक्टरले आउँदो आईतबारको लागि अप्रेसन मिती तोक्ने समय दिएको थियो तर आफ्नो विरामी शरिरको कुनै मतलव नगरी मौसमी मल्ल रिले अनसनमा उत्रिएकी छिन् ।
राष्ट्रिय चलचित्र उद्योग बचाऊ अभियानमा निर्देशकहरुका अध्यक्ष विमल पौडेल आमरण अनसनमा उत्रिएको तेस्रो दिन आज बिहानै देखि मौसमीले माला लगाएर आन्दोलनलाई सघाऊ पुर्याईरहेकी छिन् । उनी दश दिनको बेड रेष्ट पश्चात हिजो देखि मात्र उठेकी थिईन् तर यो अभियान भन्दा आफ्नो ज्यान ठूलो नभएको भन्दै उनले आफ्ना सम्पूर्ण औषधीलाई पाखा लगाउदै अनसन सुरु गरेकी हुन् ।
मौसमीको पाठेघरको बाहिर पट्टी किड्नी छेउमा ट्यूमर पलाएको छ जसको अप्रेसन चार दिन पश्चात गर्ने बिषयमा डाक्टरले निर्णय गर्दैछन् । उनको स्वास्थ्य परिक्षण नर्भिक अस्पतालकी डा. मिरा हाडाले गरिरहेकी छिन् । उनलाई अनसनमा उत्रिएका विमल पौडैल र एमएस अग्रज सहित अन्य फिल्मकर्मीले यस्तो कठोर निर्णय नलिन आग्रह गरेका थिए तर उनी ब्यक्तिगत स्वतन्त्रता भन्दै अनसनमा उत्रिएर आठौ चमत्कार देखाईरहेकी छिन् ।
विरामी अवस्थामा अनसनमा उत्रिए पश्चात उनले फिल्मीखबरसंगको कुराकानीमा भनेकी छिन्, 'म मरे मर्छु तर यो आन्दोलनमा मेरो साथ छुट्दैन ।'


