Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धन्दालाई एडल्ट सर्टिफिकेट

फिल्मीखबर, काठमाण्डौ, 2012/12/18

पछिल्लो समय निकै चर्चामा रहेको र सफलताको आश समेत गरिएको फिल्म 'धन्दा' लाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ । मंगलबार सेन्सर बोर्डका सदस्यले केहि सिनमा आपत्ति जनाउँदै १६ बर्ष मुनिका बालबालिकाले हेर्न नपाउने गरि 'ए' सर्टिफिकेट दिएको निर्माता बाबुराम दाहालले फिल्मीखबरलाई बताए ।

 

यहि पौष १३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको धन्दाले उठाएको कथाबस्तु अहिलेसम्म खुलाईएको छैन तर पनि यो फिल्मले केहि नयाँ कथा बोकेको निर्देशक सुदर्शन थापाले बताउँदै आएका छन् । फ्राईडे फिल्म्सको व्यानरमा बाबुराम र निर्देशक थापाले संयुक्त रूपमा लगानी गरेको यो फिल्म सहित अभिनेता अर्पण थापाको पनि अहिले निकै चर्चा छ । त्यसैले अर्पणले यो फिल्मलाई आफ्नो जीवनको महत्वपूर्ण भन्न भ्याएका पनि छन् ।

 

नेपाल रिलिज भए लगत्तै यो फिल्मलाई युकेमा रिलिज गरिने भएको छ । युकेसँग फिल्मलाई अष्ट्रेलियामा पनि रिलिज गर्ने तयारी भएको निर्माण पक्षले जनाएको छ । निर्माता दाहालका अनुसार फिल्म रिलिजका लागि एनआरएनहरूले निकै चासो देखाई रहेका छन् । फिल्ममा अर्पणको साथमा समुना केसी, दिलभुषण पाठक, पुष्कर गुरुङ, शुभेच्छा थापा, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ ।