Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जर्नलिजममा सन्यास घोषणा गरी विदुर गिरी फिल्म डाईरेक्सनमा आउँदै

फिल्मीखबर, काठमाण्डौ, 2012/12/17

फिल्म जर्नलिष्टहरुका अध्यक्ष विदुर गिरीले आफ्नो २१ बर्षे जर्नलिजम पेशालाई विश्राम दिदै नयाँ विशेषण बनाउने तयारी गरिरहेका छन् । स्टुडेन्ट लाईफमा विभिन्न प्ले (नाटक) का  पर्फेक्ट आर्टिष्ट एवं डाईरेक्टर समेत रहेका उनी फिल्म ईन्डष्ट्रीको शून्य ब्यापारको अवस्था सुधार हुनासाथ डाईरेक्सनमा आउने तयारीमा जुटेका हुन् ।


ग्ल्यामर मन्थ्ली  म्यगजिन कामनामा एडिटर तथा  नेपाल समाचार पत्र दैनिकमा  न्यूज एडिटर पोष्टमा कार्यरत उनले फिल्मीखबरसंगको एक भेटमा यो रहस्य खोलेका हुन् । नेपाली फिल्मको समिक्षाको पाटो कि त प्रशंशा कि त आलोचनाको अवस्थाबाट ग्रुजिएका बेला फिल्म निर्देशनमा आउन चुनौती रहेको औल्याउदै गिरीले जर्नलिजमलाई विट मार्दै जीवनभरको नयाँ पेशाको रुपमा फिल्म निर्देशन विद्या अगाल्न लागेका हुन् ।


विदुरले भने, 'यहाँ जर्नलिजम सुस्तायो भने फिल्म मेकिङमा आउने र फिल्म मेकिङमा कमजोर भईयो भने फेरी जर्नलिजममै फर्किने ट्रेण्ड देखिएको छ, त्यसैले पनि यो क्षेत्र धराशायी हुनुको एक कारण हो तर म डाईरेक्सनमा आउँदा चाहि जर्नलिजममा नफर्किने तयारीका साथ आउनेछु ।' गिरीले विद्यार्थी कालमा दुई वटा नाटक निर्देशन गरे वापत उत्कृष्ट निर्देशक तथा तीन वटा नाटकमा अभिनय गरे वापत उत्कृष्ट कलाकारको पुरस्कार जितेका थिए ।

 

नाटकमा अभिनय एवं निर्देशन गर्ने त्रममा उनी व्याकग्राउण्ड म्यूजिकका ज्ञाताको रुपमा समेत परिचित थिए जतिबेला उनको डिमान्ड निकै थियो र ती सबै अनुभवलाई पुनः रिफ्रेस गराउँदै उनी फिल्म डाईरेक्सनमा आउन लागेका हुन् ।