Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(27 votes, avg 4.37/5.00)
Text size:-
+
-

अध्यायको टाईटल गीत रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/12/16

प्रदर्शनको क्रम नजिकिदै गर्दा फिल्म आध्याय युनिटले पब्लिसिटी जोडतोडका साथ अगाडी बढाउन थालेको छ । बिहिबार मात्र प्रोमो सार्वजनिक गरेको फिल्म युनिटले आज शिर्ष गीत रिलिज गरेको छ ।

 

एउटै समाजमा रहेका तीन युवाहरूले बुझेको र भोगेको प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'अध्याय' को सार्वजनिक गीतमा ब्रम्हनालको संगीत रहेको छ भने स्वर रोशन गिरीको रहेको छ । रक प्याटर्नको उक्त गीतमा कर्म, सुशीलराज पाण्डे र आकाश मगरलाई फिचर गरिएको छ । प्रवीण स्याङ्बोले निर्देशन गरेको यो फिल्म पौष २७ गते देशभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

 

सिम्पल खनाल, शान्ति गिरी, स्वस्तिका राजभण्डारी, अंकिता बुढाथोकीको समेत अभिनय रहेको यो फिल्मलाई उमेश श्रेष्ठ, रामहरि अधिकारी, सुरेन्द्र शाही र दिनेश श्रेष्ठले निर्माण गरेका हुन् । निर्देशक स्याङ्बोकै कथा लेखन रहेको यो फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन, राजिब मानन्धरको छायांकन, अञ्जय खड्काको भिजुअल इफेक्ट,  ब्रह्मनाल र आसिम चित्रकारको संगीत रहेको छ ।