Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

म्यूजिक लन्चमा निर्देशकले भने ̍9 O'clock एटिम जस्तो फिल्म हैन’

फिल्मीखबर, काठमाण्डौ, 2012/12/16

प्रि–प्रोडक्सन देखिनै विवादमा आएको फिल्म  9 0'clock  को रिलिज तयारी पुरा भएको छ । प्रोष्टप्रोडक्सन पश्चात पहिलो कार्यक्रम गरी 9 0'clock युनिटले आज आफ्नो फिल्मको अडियो म्यूजिक लन्च गर्दै रिलिजको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । फाल्गुन ११ मा रिलिज हुने यो फिल्मका लिड आर्टिष्ट सुमिना घिमिरे र ध्रुव दत्त हुन् ।

 
तीन वटा गित समावेश यो फिल्मका म्यूजिक डाईरेक्टर कन्काईष्ट राई हुन् । उनले म्यूजिकको पार्टमा आफूले केही फरक पन दिन खोजेको कार्यक्रममा बताए । यसैगरी  निर्देशक बाबुराम ढकालले प्रि–प्रोडक्सन र प्रोडक्सनका पिरियडमा आफ्नो फिल्मको बारेमा जुन किसिमको नकारात्मक हल्ला फिल्मी बजारमा फैलिएका थिए ती सवै गलत रहेको दाबी गरे । उनले भने, 'मेरो विगतका दुई फिल्म दुलही र पर्खिराख है जस्तो पारिवारिक यो फिल्म छैन र बजारमा फैलिएको एटिम जस्तो पनि हैन ।' उनले आफ्नो फिल्म पूर्ण रुपमा ईन्टरटेन्मेन्टका लागि रहेको दाबी गरे । 
 
 
 स्क्रिप्ट र टाईटल विवाद पश्चात यो फिल्मको नाम A-69 बाट 9 0'clock राखिएको हो । यो फिल्मलाई आर्यन फिल्मस प्रोडक्सन प्रालिको ब्यानरमा रमेश समबेदनाले निर्माण गरेका हुन् ।