खानपिनको मामलामा निकै चुजी महानायक राजेश हमाल शनिबार भने ज्वली मुडमा थिए । पुरानो बानेश्वर स्थित हिरो मुकेश अचार्यले खोलेको क्याफे ३२ को सय दिने सेलिब्रेशन पार्टीमा उनी भिन्नै देखिन्थे । क्रिसमस नजिकिईरहेको अवस्थामा उनी क्रिसमस म्यूजिकमा रमाउदै ओरेन्टल र कन्टिनेन्टल स्वादमा धेरै बेर रमाए ।
करिब एक बर्ष सुटिङ रोकिएर पुनः सुरु भएको फिल्म 'म अनि तिमी' को सुटिङ सेटबाट उनी सिधै बानेश्वरमा रमाईलो गर्न आएका थिए । उनले फ्यानहरुलाई अटोग्राफ दिदै लक्की ज्याकपोट सेभेन अप सेभेन डाउनको मज्जा पनि लिए । 'म खेल्ने कुराहरुमा रमाउदिन तर यो खेल्दा मज्जा आयो', उनले भने ।
फिल्म सेलिब्रेटीहरुको जमघट हुने नयाँ स्थानको रुपमा परिचित क्याफे ३२ को बाताबरणले आफूलाई दोहोर्याएर आउने मन लगाएको हमालले कार्यक्रममा बताए । हमालले फुड लभरका लागि यो क्याफे उपयूक्त रहेको बताउदै अभिनयसंगै साईड बिजनेसलाई अघि बढाएका मुकेश आचार्यको काम प्रति प्रभावित भएको तर्क गरे । मुकेश र राजेशले फागुन ४ गते रिलिज हुन लागेको फिल्म रङमा संगै काम गरेका छन् ।





