Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`पाएको खण्डमा प्रधानमन्त्री बन्छु` : राजेश हमाल

फिल्मीखबर, काठमाण्डौ, 2012/12/15

 

बिगत दुई दशक देखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका महानायक राजेश हमालले प्रधानमन्त्रीको अफर आए स्विकार्ने बताएका छन् । शनिबार फिल्मीखबरसँगको कुराकानीमा महानायकले राजनितीमा फिल्ममा जस्तो प्यासन नभए पनि जिम्मेबारी पाएको खण्डमा प्रधानमन्त्री बन्ने इच्छा देखाएका हुन् ।
 
 
'फिल्ममा प्यासन भएको व्यक्तिको राजनितीमा खासै चासो हुँदैन तरपनि देशको लागि केहि गर्ने मौका मिल्छ भने म राजनितीमा आउछु', राजेशले भने, 'तर यो नसोच्नुस् अब म राजनितीमा छिर्छु ।' मौका मिले प्रधानमन्त्री बन्न चासो देखाएका राजेशले सन् २०१३ भित्रमा फिल्म निर्देशन र बिबाह गर्ने पक्का नै भएको बताए । सोही प्रसङ्गमा कुरा गर्दै फिल्मीखबरको मंसिर त सकियो नि भन्ने जिज्ञासामा उनले भने, 'खाने मुखलाई जुँगाले छेक्दैन त्यसैले बिहे गर्नका लागि मंसिर नै कुर्न पर्दैन । अबको मंसिर भने कट्न दिन्न ।'
 
 
 
 
मधु भट्टराईसँग जोडिएको नामको बारेमा राजेशले अहिले केहि नबोल्ने बताए । उनले हाँस्दै भने, 'श्रीमती भईनसकेकाले मैले अर्काको छोरीको नाम कसरी लिनु ?' बिहेसँगै सन्तानको बारेमा जिज्ञासा राख्दा राजेशले 'आफु त अहिले सम्म बच्चै छु बच्चाको  पनि बच्चा कसरी  हुन्छ र'  भन्दै  हाँसेर टार्न खोजे । कुराकानीकै क्रममा उनले दोहोर्‍याएरै अब त बिहे गरेरै छाड्ने बताए । यस्तै उनको बिहे सारेका युवा ज्योतिष हरिहर अधिकारीले पनि राजेशको एक बर्ष भित्रमा बिहे हुने बताए ।