Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सन्यास चाहि हैन`: संचिता

फिल्मीखबर, काठमाण्डौ, 2012/12/15

हिरोईन संचिता लुईटेल अभिनय यात्राबाट टाढिएको तीन बर्ष पुरा भईसकेको छ । फष्ट म्यारिज क्रयास पश्चात उनले गरेको सेकेण्ड म्यारिजको उतार चढावले उनी अभिनय यात्राबाट टाढिन पुगेकी हुन् ।

 
हाल ३ महिनाको छोरी र १५ महिनाको छोरो हुर्काएर काठमाण्डू पुरानोबानेश्वर भिमसेन गोलमा रहेको माईतीको घरमा बसिरहेकी छिन् । उनको दैनिकी टेलिभिजनमा फिल्मका कार्यक्रम हेर्नु र सन्तान स्यहार बाहेक अरु छैन । उनको शारिरीक अवस्थामा नकारात्मक परिवर्तन आएको छैन तसर्थ पनि उनले आफ्नो अभिनय यात्रामा कम्ब्याक हुने सोचाईहरु बुनेकी छिन् । यो बिषयमा उनी भन्छिन्, ' तत्काल यसो गर्छु भन्ने चाहि छैन् तर अहिलेको विश्रामको अवस्था सन्यास चाहि हैन् '। 
 
स्मरण रहोस उनको समकालिन हिरोईन अरुणिमा लम्साल दुई बर्ष पश्चात अभिनयमा फर्किएकी भर्खर दुई साता भएको छ भने ऋचा घिमिरेको काखे छोरा भएकाले उनको सक्रियता बढ्न अझै केही महिना लाग्ने छ ।