Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलिउड राम्रो बनाएपछि नवराजलाई अमेरिका राईट्स

फिल्मीखबर, काठमाण्डौ, 2012/12/14

राम्रो काम गर्नेले स्याबासी पनि पाउनु पर्छ र यस्तै ठूलो स्याबासी पाएका छन् निर्देशक नवराज आचार्यले । नेपाली फिल्म ईन्डष्ट्रीको कथालाई डेब्यू प्रोजेक्ट कलिउडमा उत्कृष्ट ढङ्गले प्रस्तुत गरेकाले प्रोडक्सन हाउस जि वान क्रिएसनले अमेरिका रिलिजको सम्पूर्ण राईट्स उनलाई दिएको हो ।

 
फिल्म निर्देशन गरे वापत पारिश्रमिक समेत बुझेका आचार्यले प्रोडक्सन हाउसबाट पाएको यस किसिमको उत्प्रेरणाबाट उच्च कोटीका फिल्म निर्देशन गर्न थप जागर चलेको बताए । यस्तै प्रोड्यूसर टंक कार्कीले नवराजको कामबाट आफू शत प्रतिशत प्रभावित भएको भन्दै अमेरिका राईट्स मात्र नभई सम्पूर्ण ओभरसिज राईटस् दिने तयारी समेत आफ्नो कम्पनीले गरेको जानकारी दिएका छन् ।  
 
कार्कीले भने, 'यो फिल्म भन्नु नै नवराज दाईको हो त्यसैले उहाँको कामबाट प्रभावित भएर हामीले अमेरिका राईट्स अधिकार उहाँलाई दिएका हौ र अन्य मुलुकको पनि सम्भवत उहाँलाई नै अधिकार दिन्छौ होला ।' माघ ५ गते रिलिज हुने कलिउडमा आर्यन सिग्देल, प्रियंका कार्की, पायल थापा र विष्णु कार्की लिड रोलमा छन् ।