टाईगर प्रोड्यूसरले परिचित छवि ओझाको नयाँ फिल्म हमेशाको फष्टलुक पोष्टर रिलिज गरिएको छ । चैत्र ३० को मितिमा देशभर रिलिज हुने हमेशाको तीन वटा फष्टलुक पोष्टरलाई आज रिलिज गरिएको हो ।
छविराज प्रोड्क्सनसंग रेखा थापाको कम्पनी रेखा फिल्मस् र गुण सिनेमा प्रालिको संयूक्त साझेदारीमा सबिर श्रेष्ठले यो फिल्मलाई निर्देशन गरेका हुन् । छोटो समयमा नयाँ निर्देशकहरुको लिष्टमा आफूलाई स्थापित गरिसकेका सबिरले यो फिल्मलाई एक्सन लभस्टोरी कन्टेन्टले भरिएको फिल्म भनेका छन् । रेखा थापा, सविन श्रेष्ठ र नरेन खड्का हमेशाका मुख्य कलाकार हुन् ।
हमेशाको पोष्टप्रोडक्सन सकिए लगत्तै सबिर माघ १ गते देखि आधी बाटो फिल्म निर्देशन गर्न फ्लोरमा जादैछन् भने छविराज प्रोडक्सनले फागुन एक देखि युथहरुको सब्जेक्टमा नयाँ फिल्म निर्माण गर्ने अन्तिम तयारी गरिरहेको छ । धेरै कलाकार र निर्देशकहरुलाई आफ्नो कम्पनी मार्फत डेब्यू गराएका प्रोड्यूसर ओझाले आफ्नो नयाँ फिल्म मार्फत २७ बर्षे आदित्य विक्रम लम्साललाई निर्देशनमा डेब्यू गराउदैछन् । छविका नयाँ निर्देशक भारतको नयाँ दिल्ली स्थित एसियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन (एएफ्टी) बाट अध्ययन गरेर आएका हुन् ।



