Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

अध्यायको परिमार्जित प्रोमो रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/12/14

एउटै समाजमा रहेका तीन युवाहरूले बुझेको र भोगेको प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'अध्याय' को नयाँ प्रोमो रिलिज गरिएको छ । केहि अगाडी सार्वजनिक गरिएको फस्ट लुकलाई परिमार्जित गरेर निर्माण युनिटले नयाँ प्रोमो रिलिज गरेको हो ।

 

प्रवीण स्याङ्बोले निर्देशन गरेको यो फिल्म पौष २७ गते देशभर एकसाथ प्रदर्शनमा आउँदैछ । अहिलेका युवाहरूको प्रेम गर्ने शैलीलाई चित्रण गरि निर्माण गरिएको यो फिल्ममा कर्मा, सुशीलराज पाण्डे, आकाश मगर, सिम्पल खनाल, शान्ति गिरी, स्वस्तिका राजभण्डारी, अंकिता बुढाथोकीको मुख्य अभिनय रहेको छ । निर्देशक स्याङ्बोकै कथा लेखन रहेको यो फिल्मलाई फाईभ ब्रोज र फ्रेण्डस इन्टरटेन्मेन्टले निर्माण गरेको हो ।

 

उमेश श्रेष्ठ, रामहरि अधिकारी, सुरेन्द्र शाही, दिनेश श्रेष्ठ निर्माता रहेको यो फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन, राजिब मानन्धरको छायांकन, अञ्जय खड्काको भिजुअल इफेक्ट,  ब्रह्मनाल र आसिम चित्रकारको संगीत रहेको छ । यस्तै फिल्मको अडियो गीत पनि फिल्मीखबरमा सुन्न सकिनेछ ।

 

Click Here for Audio :- http://www.filmykhabar.com/audio/?sort=ra&search=Adhyaya