Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुवास र गजित एनबीका तोरी लाहुरे

फिल्मीखबर, काठमाण्डौ, 2012/12/14

दर्जनौं फिल्ममा द्धन्दनिर्देशन गरिसकेका एनबी महर्जन अब विस्तारै फिल्म नै निर्देशन गर्ने सुरमा छन् । आफ्ना चेलाहरूलाई द्धन्दनिर्देशनको बिंडो थमाउँदै उनी अब फिल्म निर्देशकको परिचय बनाउँदै छन् ।

 

गत बर्ष नै बजार फिल्मबाट निर्देशकको ट्याग भिरेका एनबी यहि पौष ९ गतेबाट अर्को फिल्म 'तोरी लाहुरे' को निर्देशन गर्ने तयारीमा जुटेका छन् । कमेडी तथा एक्सन थ्रील यो फिल्मलाई उनकै चेलाहरूले मिलेर निर्माण गर्न लागेका हुन् ।  निर्देशक महर्जनले सुवास थापा र गजित बिष्टलाई आफ्नो फिल्मको तोरी लाहुरे बनाउँदै छन् । कृष्ण आचार्यले लेखेको कथामा समुना केसी, अशिष्मा नकर्मी, रोहित लामा, दिनेश डिसी, शुशिल पोखरेल, अशान्त शर्मा पनि मुख्य भुमिकामा रहने छन् ।
 

पौष २ गतेबाट वर्कशप गरिने यो फिल्ममा सन्तोष राज र एक नयाँ व्याण्डको संगीत रहने बताईएको छ भने छायाँकन निरज कँडेलले गर्दैछन् । ३५ दिनको सेड्यूल राखेर फ्लोरमा जान लागेको यो फिल्मको सम्पूर्ण सुटिङ काठमाण्डौम नै गरिने भएको छ । फिल्मको कथा काठमाण्डौ वरपरकै रहेकाले लोकेशन यहि हेरिरहेको निर्देशक महर्जनले बताए ।