जे सोचिएको थियो त्यो भएरै छाड्यो । निर्देशक राजु गिरीले आफ्नो पछिल्लो फिल्म रक्षाको पोस्टरमा आफ्नो नग्न तस्विर राखेको प्रति नायिका पूजना प्रधानले आपत्ति जनाएकी छिन् ।
आफ्नो टाउकोमा अर्काको नग्न तस्विर राखेर पोस्टर बनाएको प्रति पूजनाले आपत्ति जनाएकी हुन् । फिल्मीखबरसँग कुरा गर्दै पूजनाले भनिन्, 'त्यो फोटोमा राखिएको शरिर मेरो हैन । यस्तो फोटो राखेर पोस्टर बनाउँदा मेरो चरित्र हत्या भएको छ ।' यहि फिल्ममा निकै बोल्ड बेड सिन दिएर चर्चामा आएकी पूजनाले निर्देशक गिरीले यस किसिमको गलत स्क्याण्डल ल्याउन खोजे आफूले प्रहरी प्रशासनको साहारा लिने समेत बताईन् ।
यता निर्देशक गिरीले चरित्र हत्या गर्न नखोजेको तर त्यस्तो पर्न गएकोले अबका पोस्टरहरू अस्लिल नभई स्लिल निर्माण गर्ने बताए । यस्तै उनले पूजनासँग पोस्टरको बिषयमा छलफल गरेर यसलाई आफूहरू दुई विच नै अन्त्य गर्ने समेत बताए ।

