Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बधशाला फष्टलुक रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2012/12/10

एमाले जननेता मदनभण्डारीको दुर्घटनामा केन्द्रित भएर दासढुंगा जस्तो ऐतिहासिक फिल्म निर्देशन गरेका मनोज पण्डित पुनः फिल्म निर्देशनमा फर्किएका छन् । राज्यले नै गम्भीर रुपमा निहालिरहेको बिषयबस्तुलाई पर्दामा उतारेका मनोज पछिल्लो समय कडा फिल्म समिक्षकको रुपमा पनि उभिएका थिए जुन क्रमलाई अचानक स्थगित गरेका उनी बधशाला नामक फिल्म लिएर दर्शकमाझ आईपुगेका छन् ।

 

मानव अधिकार दिवसको सन्दर्भमा सोमबार मनोजको यूनिटले प्रेस मिट गरी फिल्मको फष्टुलक रिलिज गरेको छ । निर्देशक पण्डितले बिषय बस्तु अनुसार फिल्मको छायाकंन पक्ष देखि लिएर सम्पादन पक्षलाई  सामान्य तबरले  उत्कृष्ट शैलीमा निर्माण गर्ने आफ्नो कोसिस बधशाला रहेको तर्क गरेका छन् । स्म्यासिङ एप्पलको प्रस्तुतिमा सञ्चार उद्यमी मोहन डोटेलले यो फिल्मबाट प्रोड्यूसरको ट्याग भिरेका छन् ।  


फाल्गुन २५ रिलिज डेट तोकिएको बधशाला मानव अधिकार हननको विषयमा मानविय समवेदनालाई प्राथमिकतामा राखेर निर्माण गरिएको फिल्म भनिएको छ । फिल्ममा सशस्त्र द्वन्द्वकालमा राज्यद्वारा निर्माण गरिएको यातना गृहहरुमा भएको अमानवियताको बिषयलाई उठाईएको निर्माण पक्षले बताएको छ । १ सय मिनेटको बधशालालाई अुनप बराल, सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, खगेन्द्र लामिछाने, सरिता गिरी, समुना केसी, पुष्कर गुरुङले बोकेका छन् ।