Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उज्जवल घिमिरे अन्दाजका प्रोड्यूसर हैनन् !

फिल्मीखबर, काठमाण्डौ, 2012/12/10

निर्देशक उज्जवल घिमिरेले आफू अन्दाज फिल्मको प्रोड्यूसर रहेको बिषयमा शंकास्पद वाक्यहरु बोलेका छन् । आईतबार सम्पन्न डिजीटल फिल्म अवार्डमा घिमिरेले बोल्ने क्रममा आफू उक्त फिल्मको प्रोड्यूसर नरहेको रहस्य चुहाएका हुन् ।

 

अन्दाजबाट  सर्वोत्कृष्ट निर्देशकको अवार्ड ग्रहण पश्चात बोल्ने क्रममा उनले  सो कार्यक्रम मा नीर शाहले बोलेको  हिन्दी फिल्म द् डर्टी पिक्चर्सको  ईमरान हास्मीको एक डाईलगललाई दोयाउने क्रममा यो रहस्य चुहाएका हुन् । एक हातमा अवार्ड र एक हातमा कटौरा डाईलग भनिरहदा उज्जवलले बिजनेस रिर्टनको बिषयमा आफू आफू प्रोड्यूसर हुँदा पनि जानकार नभएको बताए । 

 
उज्जवलले आफ्ना अन्य दुई प्रोड्यूसर छवि ओझा र अशोक शर्मालाई धन्यवाद दिदै भने,  'मैले फिल्म राम्रो बनाउने प्रयास गरेको थिए र अवार्ड हात पारेको हो तर उता पैसा आयो आएन थाहा भएन ।' उज्जवलले यो वाक्य वोल्नु पूर्णरुपमा शंकास्पाद हो किनकी अन्दाज फिल्म फार मुभिजको ब्यानरमा बनेको थियो । फार मुभिज अशोक शर्माको फिल्म वल्र्ड प्रालि, छवि ओझाको रेखा फिल्म र उज्जवलको आयुष फिल्मको जोईन्ट प्रोजेक्ट  हो । 
 
तसर्थ बाहिरी मिडिया माझ आफ्नो पनि लगानी रहेको बताउदै हिडेका उज्वलले यसरी आफ्नो फिल्मको लगानी रिकभरको बिषयमा अनभिज्ञता प्रकट गर्नुले उनी अन्दाजका ब्यानर पार्टनर मात्र रहेको तर शेयर पार्टनर नरहेको बुझ्न सकिन्छ ।