Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(40 votes, avg 4.88/5.00)
Text size:-
+
-

Exclusive : कलिउड फष्टलुक पोष्टरहरु यस्ता छन्

फिल्मीखबर, काठमाडौँ, 2012/12/09

पुष १३ को मितिबाट माघ ५ का लागि रिलिज डेट सारिएको कलिउड फिल्मको फष्टलुक पोष्टरहरुलाई अफिशियल रिलिज गरिएको छ । यस अघि दुई वटा ट्रेलर रिलिज गरेको जि वान क्रिएसनले आज आफ्ना तीन वटा पोष्टरहरुलाई फष्टलुकको रुपमा फिल्मीखबर मार्फत रिलिज गरेको हो । 

 
आर्यन सिग्देल, प्रियंका कार्की तथा दुई नयाँ अनुहार पायल थापा र बिष्णु कार्की यो फिल्मका लिड एक्टर्स हुन । नवराज आचार्यको भाग्य परीक्षाको रुपमा हेरिएको यो फिल्मको कथा नेपाली फिल्म ईन्डष्ट्रीसंग सम्बन्धीत छ । तर नवराज कलिउडको रिजल्टलाई आफ्नो भाग्य परीक्षा भन्न रुचाउदैनन् किनकि उनले १४ बर्षे मिडिया अनुवभको आधारमा यो फिल्म निर्देशनमा हात हालेका हुन् । तसर्थ उनी सफल हुनेमा विश्वस्त देखिएका छन् । 
 
 पछिल्लो समय यो ईन्डष्ट्रीलाई कलिउड भन्ने कि नभन्ने बिषयका बहसहरु पनि चलिरहेको छ जुन कुरालाई निर्देशक आचार्यले आफ्नो फिल्म मार्फत कलिउडको आधिकारिक  परिभाषा पनि दिन खोजेका छन् ।