Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जर्मनीमा राजेश र इन्दिराको धमाका

फिल्मीखबर, काठमाण्डौ, 2012/12/08

नेपाली फिल्म क्षेत्रबाट राजेश पायल राईको नाम झिकिदिने हो भने यो क्षेत्र अधुरो नै हुन्छ । कन्जुस्याईं नगरी भन्ने हो भने उनी साँच्चिकै गायन क्षेत्रका किङ नै हुन् । देश देखि बिदेशसम्म उनको निकै चर्चा हुन्छ र त उनी अधिकांश सांगितिक कार्यक्रममा सहभागी भएका हुन्छन् ।


दर्जनौं देशमा पुगेर आफ्नो गायन कला प्रस्तुत गरिसकेका राई यहि डिसेम्बर १० तारिखका दिन जर्मनीमा धुम मच्चाउने तयारीमा छन् । अर्न्तराष्ट्रिय कलाकार मंच-जर्मनीको प्रस्तुतीमा हुन लागेको लाईभ कन्सर्ट कार्यक्रममा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका इन्दिरा जोशीले पनि आफ्नो गायन कलाले दर्शकलाई मन्त्रमुग्ध बनाउने छिन् । कार्यक्रम संयोजक बिजय मोक्तानले दिएको जानकारी अनुसार पहिलो पटक युरोपबाट नेपालीको रेडियो एफएम ८८.८ मेघाहर्जले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्नेछ ।


सगरमाथा समाज एसनका अध्यक्ष पंचरत्न घिमिरेले यस किसिमको कार्यक्रमले एनआरएनहरूलाई मनोरञ्जन दिने मात्र नभएर नेपाली कलासंस्कृतिको जगेर्ना गर्न सहयोग पुर्‍याउने बताए । अर्न्तराष्ट्रिय कलाकार मंच-जर्मनीका अध्यक्ष लव थापाले कार्यक्रमलाई सफल पारिदिन सम्पूर्ण जर्मनवासी एनआरएनहरूलाई उपस्थित हुन आग्रह गरे । कार्यक्रममा राजेश र इन्दिराले आफ्ना चर्चित गीतहरू गाउने छन् । इन्दिरा लुट फिल्मको उध्रेको चोलीबाट पार्श्व गायनमा चर्चित बनेकी हुन् ।