Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

भोली फिल्मीखबर अवार्ड वितरण गरिंदै

फिल्मीखबर, काठमाण्डौ, 2012/12/08

भनिन्छ अहिलेको युग डिजिटलको हो । खासगरी मनोरञ्जनको क्षेत्रमा डिजिटलले राम्रो फड्को मारेको छ । नयाँ नयाँ प्रबिधिको आगमनले नेपाली दर्शकहरूको रूचिमा पनि परिवर्तन गरेको कुरालाई नकार्न सकिंदैन । त्यसैले अहिलेका दर्शकहरू अत्याधुनिक प्रविधिबाट डिजिटलाइज्ड गरिएका फिल्म हेर्न लालायित पनि छन् भन्दा फरक नपर्ला ।  यहि कुरालाई मन गर्दै छायाँछबीले विगत ३ बर्ष देखि डिजिटल फिल्म अवार्ड गर्दै आएको छ ।

 

फिल्मीखबर डिजिटल फिल्म अवार्ड नाम दिईएको चौथो संस्करणको अवार्ड भोली आईतवार एक भव्य समारोहका विच वितरण गरिंदै छ । डिजिटल प्रबिधिमा बनेका चलचित्रलाई प्रोत्साहन गर्न तथा चलचित्रकर्मीको सम्मानका लागी आयोजना हुँदै आएको यो अवार्ड कार्यक्रम समारोह राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा सम्पन्न हुनेछ । समारोहमा ३१ विधा सहित जुरी अवार्ड, क्रिटिक्स अवार्ड र पब्लिक च्वाईस अवार्ड गरि ३४ बिधामा अवार्ड वितरण गरिंदैछ ।

 

यसपटकको अवार्ड कार्यक्रम अन्य बर्षको भन्दा बिशेष हुनेछ । किनकी ०६८ सालका ब्लकबस्टर फिल्म लुट र चपली हाईटको साथमा सोही बर्षका अन्दाज, आई एम सरी, मिस यू, के यो माया हो, रावण, ब्रेकफेल, मेरो लभ स्टोरी जस्ता चर्चित फिल्म प्रतिष्पर्धामा उत्रेका छन् । त्यसमा पनि उत्कृष्ट फिल्मको नोमोनेशनमा अन्दाज, मसान, मेरो लभ स्टोरी, लुट र सायद छन् ।

 

आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले दिएको जानकारी अनुसार समारोहमा केहि कलाकारहरूको आकर्षक प्रस्तुती रहने छ । अवार्डको जुरीमा मोहन निरौला, सन्तोष श्रेष्ठ, विजयरत्न तुलाधर, नवराज लम्साल र राजेश खनाल रहेका छन् । नोमिनेशन लिस्ट हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला !
 

http://www.filmykhabar.com/page/filmy_khabar/