अभिनेत्री दीपाश्री निरौलाले विगत दुई बर्षदेखि चिनी प्रयोग गर्न छाडेको रहस्य खुलेको छ । उनले चिनिको प्रयोग गर्न किन छाडिन् त्यो भने स्पष्ट खुलाएकी छैनन् तर उनले चिनीलाई पूर्णरुपमा बहिस्कार गरिसकेकी छिन् । उनको घरमा पनि पाहुनाका लागि प्रयोग हुने चिनी बाहेक अन्य गुलिया पदार्थ नभित्रिएको लामै समय भईसकेको छ ।
हितैषी मित्र कविता शर्माको साथमा शुक्रबार साँझ थ्री लभर्सको फ्यामेली शो सहभागी हुन सिभिल मल पुग्दा उनले चिनि खान छाडेको रहस्य खुलेको हो । रेडिमेड कफिमा चिनी प्रयोग नगरिकन पिउने बेलामा फिल्मीखबरसंगको जम्का भेटमा उनले भनिन्, 'मैले चिनी खान छाडेको दुई बर्ष भयो तर यसलाई नसम्झिनुस मलाई सुगर छ भनेर ।' सुगरको प्रश्न नआई उनले आफै उत्तर दिनुमा पनि शंकाको प्रश्न उठ्छ तर दीपाले शरिर मोटाएको भन्दै सेल्फ मेन्टनका लागि गुलिया पदार्थ बहिस्कार गरेको तर्क गरेकी छिन् ।
गुलियो मध्येको परिकारमा उनलाई रसवरी र कलाकन्द निकै मन पर्छ तर त्यसको स्वाद पनि उनले विर्सने अवस्था आईसकेको उनले बताएकी छिन् । तितो सत्यकी सिनियर आर्टिष्ट एवं डाईरेक्टर समेत रहेकी दीपाको टिमले अमेरिका पुगेर फिचर फिल्म निर्माण गर्ने तयारी पनि गरिरहेको छ जसमा दीपा सेन्ट्रोल क्यारेक्टर हुने प्रबल सम्भावाना छ ।


