Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

ल हेर्नुस् प्रियंकाको ड्रेस कस्तो छ ?

फिल्मीखबर, काठमाण्डौ, 2012/12/07

मोडलिङको दुनियाबाट फिल्मी दुनियाँमा प्रवेश गर्दा एउटी हिरोईनको सवैभन्दा ठूलो सपना हुन्छ आफ्नो पहिलो फिल्मको प्रिमियरमा सर्वाधिक सुन्दरी भएर सयौं फिल्मकर्मीको सामु उभिने । तर विडम्बना प्रिंयका कार्कीको हकमा भने यस्तो हुन पाएन ।


रिलिजको हिसावले प्रियंकाको पहिलो फिल्म थ्री लभर्सको प्रिमियरको साटो फ्यामेली शो आयोजना भएको थियो जहाँ उनले आफ्नो सपनालाई थोरै हद सम्म भए पनि पुरा गर्ने अबसर पाईन । औलामा गन्न सकिने सिमित फिल्मकर्मी र आफ्ना परिवारका साथ उनी रेड नाईट गाउनमा सिभिल मल पुगेकी थिईन् जुन गाउनलाई उनको पर्सनल ड्रेस डिजाईनर सुवेक्षा भडेलले अन रिक्वेष्ट तयार गरेकी हुन् ।

 

लाईक्रा र टिस्युले तयार गरिएको रेड गाउनमा अन्य बेलाको आधुनिक पहिरनमा भन्दा उनी भिन्न र सुन्दर देखिएकी थिईन् । त्यस माथि पनि कलर सेन्सले उनको सुन्दरपनलाई थप निखारेको थियो । फ्यामेली शोमा फिल्मीखबरसंग गफिदै प्रियंकाले भन्दै थिईन् अत्ति मिहिनेत गरेर बनाईएको यो गाँउन साँच्चिकै राम्रो लाग्यो मलाई, तपाईलाई नि ?