पाठेघरको क्यान्सरबाट पिडित अभिनेत्री मनिषा कोईरालाको आज हुने भनिएको शल्यक्रिया नहुने भएको छ । न्यूयोर्कस्थित मेमोराइज स्यालोन क्याटरिन क्यान्सर सेन्टरमा भर्ना गरिएकी मनिषाको सोमबार शल्यक्रिया हुने भएको छ ।
फुड प्वाइजनको आशंकामा शुरूमा काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी मनिषालाई क्यान्सर भएको देखेपछि मुम्बईको जसलोक अस्पताल पुर्याईएको थियो । जलसोकमा केहि दिन राखेपछि शल्यक्रियाका लागि कोईराला परिवारले अमेरिका लगेको हो । न्यूयोर्कमा उनी माथी थप केहि परिक्षण पश्चात डिसेम्बर १० तारिखका दिन शल्यक्रिया गरिने बताईएको छ । मनीषाका साथमा उनका बुबा प्रकाश, आमा सुष्मा र भाई सिद्धार्थ रहेको बताईएको छ ।
केहि नेपाली फिल्ममा समेत अभिनय गरेकी नेपाली चेली मनिषा कुनै बेला बलिउडकी चर्चित कलाकारको रूपमा चिनिन्थिन् । सौदागर फिल्मबाट बलिउडमा आफ्नो पाईला टेकेकी मनिषाको पछिल्लो फिल्म भूत रिटर्नस हो ।

