भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म 'थ्री लभर्स' राजधानीमा सम्पूर्ण मल्टिप्लेक्स हलमा लाग्ने भएको छ । निर्देशक सुरेश दर्पण पोखरेलले फिल्मीखबरलाई दिएको जानकारी अनुसार राजधानीका २० र मोफसलका मुख्य-मुख्य २५ वटा हलमा थ्री लभर्स लाग्नेछ ।
राजधानीको सबैभन्दा ठूलो मानिएको क्यूएफएक्स हल अर्न्तगतको कुमारी हलमा बिहान ९ बजेको शो राखिएको छ भने जय नेपालमा बिहान ११:१५ बजेको शो राखिएको छ । यस्तै सुन्धाराको क्यूएफएक्स सेन्ट्रलमा दिउँसो ३ बजेको शो राखिएको छ । यस्तै अर्को ठूलो मल्टिप्ल्लेक्स हल बिग मुभिजले बिहान ११:४५ को शो दिएको छ । दर्शकको संख्या बढ्दै गएमा शो थप्दै लगिने हल व्यवस्थापन पक्षले जनाएको छ । यि बाहेक गोपीकृष्ण, गुण, अष्टनारायण, विश्वज्योती, गंगा, कलंकी, पृथ्बी, बराही, मयूल हल बनेपा सहितका हलहरूमा अन्य दिनमा जस्तै रेगुरल शो टाईम राखिएको छ ।
.jpg)
फिल्ममा अभिनय गरेका अधिकांश अनुहार भएकाले सबै जना निकै उत्साहित देखिएका छन् । बिशेषगरी नायिका प्रियंका कार्की र डेब्यू नायक देबु श्रेष्ठका लागि यो फिल्मको रिजल्ट बिशेष हुनेछ । यस्तै यसै फिल्मबाट फिल्मी संगीतकार बनेका राजन इशान पनि निकै उत्साहित देखिएका छन् । फिल्मका गीतहरू सञ्चारमाध्यमा चर्चामा रहेकाले उनी थप प्रतिक्रिया लिन आतुर रहेको पनि बताएका छन् ।
फिल्म थ्री लभर्सले भोली नै रिलिज हुने हिन्दी फिल्म 'खेलाडी ७८६' सँग मल्टिप्लेक्स हलहरूमा प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । लामो समय पछि लंकाले गरेको उत्साहजनक व्यापारले गर्दा थ्री लभर्सले पनि राम्रो कलेक्सन गर्ने पूर्वानुमान लगाईएको छ । हेरौं फिल्मकर्मीको यो पूर्वानुमान पास हुन्छ कि फेल । यस्तै भोली नै नेपाली फिल्म लभ यू म्यान पनि रिलिज हुँदैछ । यो फिल्म केटा-केटा विचको सम्बन्धमा आधारित छ ।

