Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.50/5.00)
Text size:-
+
-

आर्यन साईन्ड न्यू फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2012/12/06

तीन  महिनाको फुर्सद पश्चात आर्यन सिग्देलले नयाँ फिल्म साईन गरेका छन् । उनले दयाराम दाहालको निर्देशनमा बन्न लागेको कसुर फिल्मका लागि ७ लाख रुपैयामा साईन गरेका हुन् । माघ १ गते देखि फ्लोरमा जाने तयारी रहेको यो फिल्मलाई यस अघि मामाघर, हामी ट्याक्सी ड्राईभर, कर्तब्य र कस्लाई दिऊ यो जोवन गरी चार वटा फिल्म बनाईसकेका प्रोड्यूसर भानुरत्न महर्जनले निर्माण गर्दैछन् । 

 
फिल्म मेकिङमा तीन बर्ष विश्राम लिएका भानुले फर्मुला भित्रको उत्कृष्ट फिल्म निर्माण गर्ने सोचका साथ मेकिङमा कम्ब्याक भएको बताएका छन् । उनले यो पटक देखि नयाँ ब्यानर जय माँ अम्बे फिल्मस कम्पनी मार्फत काम सुरु गरेका हुन् । फिल्मकी एक्जुकेटिभ प्रोड्यूसर अनिता महर्जन हुन् । 
 
कसुर एक्सन लभस्टोरी फिल्म हुने बताईएको छ जसलाई नयाँ स्क्रिप्ट राईटर अमरदीप सापकोटाले तयार गरेका छन् । अमरदीप प्रोडक्सन डिजाईनमा चर्चित नाम गणेश सापकोटाका छोरा हुन् । प्रि–प्रोडक्सनको करिब अन्तिम चरणमा रहेको यो फिल्ममा नीता ढुङ्गानालाई अनुबन्ध गर्ने प्रबल सम्भावना रहेको जानकारी दिईएको छ ।
 
फिल्ममा बसन्त सापकोटाको म्यूजिकमा तयार गरिएका तीन वटा गित समावेश छन् भने फाईट राजेन्द्र खड्गीको रहने बताईएको छ । सात लाखमा साईन गरेको बिषयमा आर्यनसंग कुरा गर्दा उनले घुमाउरो जवाफ दिदै भनेका छन्, 'मेरो यो एग्रिमेन्ट फिल्मसंग सम्बन्धीत कुनै राईट्स संग रहेर पनि हुन सक्छ त्यसैले यसलाई महंगो भन्नु हुदैन ।'