'सो सिम्पल' डेब्यु हिरो प्रमोद भारद्धाजको घरबाट फिल्म निर्माण हुने पक्का भएको छ ।
यस अघि उनका स्क्रिप्ट राईटर दाई प्रदीपले आफ्नो डाईरेक्सनमा फिल्म निर्माण गर्ने बताए पनि सो प्रोजेक्ट क्रयास भएको थियो तर यो पटक फिल्म निर्माण हुने अवस्था निश्चित छ । घरबाटै फिल्म निर्माण हुने भएपछि प्रमोद दुई वटी हिरोईनसंग अब अनस्क्रिन रोमान्समा ब्यस्त हुनेछन् ।
फिल्म निर्माणको अफिशियल एनाउन्समेन्ट दुई हप्ता पश्चात गरिने प्रदीपले जानकारी दिएका छन् । तर निर्देशक सहित अन्य काष्ट क्रुमा क–कस्लाई फाईनल गरिएको छ त्यो भने प्रेसमिटमा मात्र खुलाईने बताईएको छ । फष्ट प्रोजेक्टको रिभ्यूमा भाईको अभिनयको तारिफ क्रिटिक्सबाट पाएपछि प्रदीप होम प्रोडक्सनमा जोसिएका हुन् । उनले बार्षिक रुपमा आफ्नै घरबाट तीनवटाको दरले फिल्म निर्माण हुने बाताबरण मिलेको खण्डमा अन्य फिल्मेकरसंग काम नगर्ने मनस्तीथि पनि बनाएको बताएका छन् ।
यता हिरो प्रमोदले पनि घरबाटै फिल्म निर्माण हुने भएपछि बाहिरका प्रोजेक्टबाट आएका अफरहरुलाई रिजेक्ट गरिरहेका छन् ।

