एकातिर अभिनयको हिसावले प्रियंका कार्कीको दोस्रो फिल्म थ्री लभर्सको रिलिज मिती मुखैमा आईसकेको छ भने अर्को तर्फ उनले फष्ट ब्रेक पाएको फिल्म 'मेरो बेष्ट फ्रेण्ड' को रिलिज मिती सरिरहेको छ ।
मंसिर २२ मा थ्री लभर्ससंगै तहल्का पिट्ने सोचाईमा रहेकी प्रियंकाले माघ ५ मा पनि मेरो बेष्टफ्रेण्ड रिलिजबाट सोही चर्चा बुटुल्ने अबसर पाएकी थिईन् तर विडम्बना मेरो बेष्ट फ्रेण्डको रिलिज मिति सरेको छ । निर्देशक प्रशन्न पौडेलले दिएको जानकारी अनुसार प्राविधिक कारणले उक्त मितिबाट फिल्म निकालिएको हो । प्रशन्नले सर्वत्र छलफल पश्चात उपयुक्त मितीलाई आफ्नो फिल्मको नयाँ रिलिज डेट तय गर्ने बताएका छन् । यो फिल्ममा प्रियंकाको साथमा रेश मरहठ्ठा र दिवस उप्रेती पनि लिडमा छन् ।
तीन साथी बिचको प्रेम सम्बन्धको बिषयमा बनेको यो फिल्ममा सुगम पोखरेल, प्रमोद खरेल र राजनराज शिवाकोटीको संगीत रहेको छ भने गीत भुपेन्द्र खड्काले लेखेका हुन् । अच्युत अधिकारीको पटकथा तथा संवाद रहेको सो फिल्मलाई बिदूर पाण्डेले खिचेका हुन् भने द्वन्द हिमाल केसीको रहेको छ ।

